प्रधानमन्त्री अोली चीन प्रस्थान

Posted by & filed under राजनीति.

Untitled

काठमाडौं चैत ७ – प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा,… Read more »

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं, चैत ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउँदै दुई छिमेकी राष्ट्र भारत र चीनलाई एकअर्का्विरुद्धको कूटनीतिमा असर पर्ने सम्झौता नगर्ने बताउनुभएको हो । उहाले चीन भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, जन कङ्ग्रेस प्रमुख… Read more »

चीनसँग ब्यापार, पारवहन, टे«डमार्क, ईन्धन र पेट्रोलियम अन्वेषण सम्झौता हुन्छः उद्योगमन्त्री पाण्डे

Posted by & filed under राजनीति.

काठमाडौं, चैत ३ ।   उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग ब्यापार तथा पारवहन सन्धी, ईन्धन आपूर्ति, टे«डमार्क र पेट्रोलियम अन्वेशण सम्बन्धी सम्झौता हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताईसकेकोले त्यस… Read more »

प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन

Posted by & filed under शिक्षा.

काठमाडौं, चैत ३ । प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन आगामि चैत ६, ७ र ८ गतेसम्म काठमाडैमा हुने भएको छ । दलभन्दा माथि उठेर बैचारी आन्दोलन, जनजागरण र नीति निर्माणमा बैचारिक बहस चलाउँदै आएको परिषदले शान्ति र समृद्धिको नारा सहित अधिवेशन गर्न लागेको हो । परिषदले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको… Read more »

आयल निगमकै कर्मचारीमाथि कारबाही थाल्ने नेत्रविक्रम माओवादीको धम्की

Posted by & filed under राजनीति.

काठमाडौं, चैत १ । नेपाल आयल निगममा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सोमबार आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । काठमाडौंको माइतघरदेखि विरोधर्‍याली निकालेर बबरमहल पुगेका माओावदी कार्यकर्ताले निगमको कार्यालय अगाडि पुगेर आधाघन्टा धर्ना दिएका हुन् । र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै माओवादीका नेताहरुले निगमकै उच्चतहमा बसेका… Read more »

‘प्रधानमन्त्रीको चीन भ्रमणमा आधादर्जन विषयमा सहमति हुने’ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं, चैत १ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच आधादर्जन विषयमा सहमति हुने बताउनुभएको छ । राप्रपा नेपाल निकटका पत्रकारहरुको संगठन मिडिया नेपालको सोमबार राजधानीमा सुरुआत गर्दै उहाले चीनसँग पारवहन तथा व्यापार, लगानीलगायतका विषयमा छलफल भइ सहमति हुने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा… Read more »

राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्छ : मीन विश्वकर्मा

Posted by & filed under राजनीति.

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मिन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाउँदै विश्वकर्माले कांग्रेसले नै अब कालोबजारी अन्त्य गर्ने बताउनुभयो । तराई आन्दोलनमा… Read more »

एसएलसीलाई मध्यनजर गर्दै विद्युत प्राधिकरणले लोडसेडिङ घटायो

Posted by & filed under राष्ट्रीय समाचार.

resize_image

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर… Read more »