नेपाल टेलिभिजन र नेटटिभी एपमा नआउने भयो विश्वकप सेमिफाइनल र फाइनलको लाइभ

Posted On    Author    Category Uncategorized, खेल, टेक्नोलोजी.

काठमाडौं । लामो प्रयासका बाबजुद नेपाल टेलिभिजन र नेटटिभी मोबाइल एपमा जारी विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नहुने भएको छ । मिडिया हबले टेलिभिजनको प्रसारण अधिकार हिमालय टिभीलाई दिइसकेको अवस्थामा नेपाल टेलिभिजनमा लाइभ प्रसारण असम्भव भएको हो ।  त्यस्तै सूचना तथा प्रसारण विभागले अनुमति नदिएका कारण मोबाइल एपमा समेत फुटबलको लाइभ दिन नसकिएको बताइएको छ ।… Read more »

विश्वकप लाइभ दिने पाइरेटेड साइट ब्लक गर्न नपाउने

Posted On    Author    Category खेल, टेक्नोलोजी.

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल प्रसारण सम्बन्धी आफ्नो निर्णय सच्याएको छ । प्राधिकरणले मुलुकी ऐनले रोक नलगाएका विषय तथा सामग्रीमाथि प्रतिबन्ध लगाउने अधिकार आफूमा नरहेको भन्दै हतारमा गरिएको निर्णय उल्टाएको हो । प्राधिकरणका एक अधिकारीले प्राधिकरणले गरेको निर्णय अधिकार क्षेत्रभन्दा बाहिर रहेको पाइएपछि सच्याइएको बताए । “मिडिया हबले विश्वकप लाइभ प्रसारण अधिकार… Read more »

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

Posted On    Author    Category Uncategorized, खेल.

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो… Read more »

शाहिद अफ्रिदीको २३ वर्ष पुरानो कीर्तिमान रोहित पौडेलले तोडे

Posted On    Author    Category खेल.

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष  अगाडि बनाएको कीर्तिमान नेपाली खेलाडी रोहित पौडेलले तोडेका छन्। अफ्रिदीको नाममा रहेको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पौडेलले आफ्नो नाममा लेखाएका हुन्। युएईविरूद्ध जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका लागि सातौ नम्बरमा ब्याटिङ गर्न आएका पौडेलले अर्धसतक पुर्‍याउँदै उक्त कीर्तिमान बनाएका हुन्। उनले… Read more »

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्धारा मिनी रंगशालाको शिलान्यास

chapagaun mini stadium

Posted On    Author    Category खेल.

ललितपुरको चापागाँउ टाहाखेलमा प्रदेश संसद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्धारा मिनी रंगशालाको शिलान्यास भएको छ | ललितपुरको चापागाँउ टाहाखेलमा प्रदेश संसद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्धारा मिनी रंगशालाको शिलान्यास भएको छ

गोदावरीमा अन्र्तराष्ट्रियस्तरको एकीकृत खेलमैदान निर्माण हुने

Posted On    Author    Category खेल, सामाजिक.

ललितपुर, ११ वैशाख । पर्यटकीय नगरी गोदावरी नगरपालिका–३, गोदावरीमा अन्र्तराष्ट्रियस्तरको एकीकृत खेलमैदान निर्माण हुने भएको छ । नेपाली कलाक्षेत्रका हास्य कलाकारद्धय सीताराम कट्टेल र कुन्जना घिमिरेद्धारा स्थापित सामाजिक संस्था धुर्मुस –सुन्तली फाउण्डेशनद्धारा सो क्षेत्रमा खेलमैदान निर्माण हुन लागेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । गोदावरीस्थित माछा पोखरीमा उक्त खेलमैदान निर्माणका लागि स्थान छनौट गरेको… Read more »

चापागाँउमा कराते भिडन्त

Posted On    Author    Category खेल.

बज्रबाराही- यही माघ २६ गतेबाट सुरू भएको प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता हिजो २८ गते सम्पन्न भएको छ । प्रतियोगिता ललितपुरको बज्रबाराहीमा सम्पन्न भएको हो । बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँको आयोजनामा भएको प्रतियोगिता २७ गते सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।… Read more »

नेपालले आज ओमानसँग प्रतिश्पर्धा गर्दै

Posted On    Author    Category खेल.

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ।पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ।ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको ओमान पनि आज जितकै खोजिमा हुनेछ। नेपाल भने रनरेटका आधारमा तेस्रो स्थानमा छ। शुक्रबारै नामिवियाले केन्या… Read more »