‘प्रधानमन्त्रीको चीन भ्रमणमा आधादर्जन विषयमा सहमति हुने’ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं, चैत १ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच आधादर्जन विषयमा सहमति हुने बताउनुभएको छ ।
राप्रपा नेपाल निकटका पत्रकारहरुको संगठन मिडिया नेपालको सोमबार राजधानीमा सुरुआत गर्दै उहाले चीनसँग पारवहन तथा व्यापार, लगानीलगायतका विषयमा छलफल भइ सहमति हुने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने उहाको भनाइ छ । प्रधानमन्त्रीले चीनका शीर्षनेताहरुसँग छलफल गर्ने र दुई देशवीचको सम्बन्ध सुदृढ पार्ने मन्त्री थापाले बताउनुभयो । साथै प्रधानमन्त्री ओलीले चीनमा रहँदा त्यहाँको विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री थापाले पोखरामा आयोजित सार्क मन्त्रिपरिषद बैठकमा विगतमा भएका सहमतिहरु कार्यान्वयनको समीक्षा हुने र नयाँ कार्ययोजनाबारे छलफल हुने बताउनुभयो ।
कार्यक्रममा गोपाल पौडेलको अध्यक्षतामा मिडिया नेपालको तदर्थ समिति घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *