सवारी साधनमा इन्धन भर्दा कहिलै फुल नगर्नुस्, यस्ता छन् कारण

Posted On    Author    Category Uncategorized, प्रौद्योगिकी.

काठमाडौं । तपाईंले आफ्नो कार, स्कुटर वा मोटरसाइकलमा फुल ट्यांकी इन्धन हाल्दा ट्याङ्कीको क्षमताभन्दा बढी पेट्रोल/डिजेल हाल्नुपरेको अनुभव गर्नुभएको छ ?

छ भने दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी साधनको सर्भिस म्यानुअलमा उल्लेखित ट्याङ्की क्षमता गलत हुने गरेको पाइएको छ ।

भारतमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालका अनुसार सवारीको सर्भिस म्यानुअलमा उल्लेख गरिएको इन्धन ट्याङ्की क्षमता सामान्यतया वास्तविक भोल्युम भन्दा १५ देखी २० प्रतिशतसम्म कम हुने गर्दछ ।

मन्त्रालयले मार्च ६ मा परिपत्र जारी गर्दै अटोमोबाइल उत्पादकदेखि सवारी प्रयोगकर्तालाई सवारी साधनमा फुल ट्यांकी इन्धन नभर्न सुझाव समेत दिएको छ ।

bhumi restaurant and bar lazimpat for newari cuisine
Bhumi Restaurant and Bar – happy Lunch Hours 12:00 Noon to 3:00 PM

इन्धन ट्याङ्कलाई फुल बनाउन नहुने यस्ता छन् दुई कारण

१. तपाईंले आफ्नो सवारीको ट्याङ्कीमा हाल्ने फ्युल भूमिगत ट्याङ्कीहरूमा राखिएको हुन्छ । त्यसक्रममा इन्धनको बाहिरी तापक्रमको तुलनामा यसको तापक्रम कम हुने गर्दछ । बाहिरी तापक्रममा फ्युलको भोलुम एक्पान्सन हुने भएकोले ट्रयाङ फुल नगर्दा राम्रो हुन्छ ।

२. इन्धनको तापक्रम बढेपछि वाष्पिकरण हुन्छ यसरी भेपोरेशन भएपछि बाफका लागि पनि केही ठाउँ आवश्यक हुने गर्दछ । यदि बाफका लगि ठाँउ उपलब्ध नभएको अवस्थामा भने इन्जिनको कार्यसम्पादनमा समेत समस्या आउन सक्दछ । त्यसैगरी, यदि सवारीकाे ट्याङ्की पूर्ण क्षमतामा भरिएको छ र झुकेको वा ओरालो भागमा पार्क गरिएको छ भने फ्युल ओभर फ्लोभइ लिक हुने सम्भावना समेत हुन्छ । जसले कुनै दुर्घटना नहोला भन्न सकिन्न ।

Source: meroauto.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *