एसएलसीलाई मध्यनजर गर्दै विद्युत प्राधिकरणले लोडसेडिङ घटायो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर रहेको भन्दै प्राधिकरणले लोडसेडिङ कटौती गरेको हो । त्यसैगरी निकट भविष्यमा संचालन हुन गइरहेको प्रवेशिका परीक्षालाई समेत मध्यनजर गर्दै साविकमा हुँदै आएको लोडसेडिङमा केही कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *