प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन

Posted On    Author    Category शिक्षा.

काठमाडौं, चैत ३ । प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन आगामि चैत ६, ७ र ८ गतेसम्म काठमाडैमा हुने भएको छ ।
दलभन्दा माथि उठेर बैचारी आन्दोलन, जनजागरण र नीति निर्माणमा बैचारिक बहस चलाउँदै आएको परिषदले शान्ति र समृद्धिको नारा सहित अधिवेशन गर्न लागेको हो । परिषदले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । चैत ६ गते हुने उद्घाटन सत्रको मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्ने छन । सो क्रममा हाम्रो बैचारिक अधिष्ठान, दक्षिण एसियाली राष्ट्रहरुमा शान्ति र समृद्धि, उद्यमशिलता, विकासको अवधारणा, पर्याबरण, धर्म निरपेक्षता, नयाँ संविधानमा अवसर चुनैति, नयाँ शिक्षा नीति र राष्ट्रिय सुरक्षाको विषयमा बहस हुने छ ।
देशभरबाट आएका विद्यार्थी नेताहरुले संबोधन गर्ने अधिवेशनमा देशभरबाट आएका ५०० प्रतिनिधिहरुको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *