काठमाडौं- दैनिक तीन टन जैविक फोहर प्रशोधन गरेर काठमाडौंमा दिनहुँ १४ किलोवाट बिजुली निकालिने भएको छ। काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा तीन महिनाभित्र बिजुली निकाल्ने सम्झौता बुधबार गरेको हो। विद्युत प्लान्ट ल्याउन छनोट भएको राज एन्ड रिवाज नेपलिज वेस्ट कम्पनी जेभीसँग महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपाल र भारतका तीन… Read more »
Monthly Archives:: March 2016
फोहरबाट बालिँदैछ बिजुली
चीनसँग ब्यापार, पारवहन, टे«डमार्क, ईन्धन र पेट्रोलियम अन्वेषण सम्झौता हुन्छः उद्योगमन्त्री पाण्डे
काठमाडौं, चैत ३ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग ब्यापार तथा पारवहन सन्धी, ईन्धन आपूर्ति, टे«डमार्क र पेट्रोलियम अन्वेशण सम्बन्धी सम्झौता हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताईसकेकोले त्यस… Read more »
प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन
काठमाडौं, चैत ३ । प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन आगामि चैत ६, ७ र ८ गतेसम्म काठमाडैमा हुने भएको छ । दलभन्दा माथि उठेर बैचारी आन्दोलन, जनजागरण र नीति निर्माणमा बैचारिक बहस चलाउँदै आएको परिषदले शान्ति र समृद्धिको नारा सहित अधिवेशन गर्न लागेको हो । परिषदले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको… Read more »
यी लक्षणहरु देखापरेमा सावधान ! मिर्गौला बिग्रिदै गएको हुनसक्छ
मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ । जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक… Read more »
आयल निगमकै कर्मचारीमाथि कारबाही थाल्ने नेत्रविक्रम माओवादीको धम्की
काठमाडौं, चैत १ । नेपाल आयल निगममा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सोमबार आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । काठमाडौंको माइतघरदेखि विरोधर्याली निकालेर बबरमहल पुगेका माओावदी कार्यकर्ताले निगमको कार्यालय अगाडि पुगेर आधाघन्टा धर्ना दिएका हुन् । र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै माओवादीका नेताहरुले निगमकै उच्चतहमा बसेका… Read more »
‘प्रधानमन्त्रीको चीन भ्रमणमा आधादर्जन विषयमा सहमति हुने’ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा
काठमाडौं, चैत १ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच आधादर्जन विषयमा सहमति हुने बताउनुभएको छ । राप्रपा नेपाल निकटका पत्रकारहरुको संगठन मिडिया नेपालको सोमबार राजधानीमा सुरुआत गर्दै उहाले चीनसँग पारवहन तथा व्यापार, लगानीलगायतका विषयमा छलफल भइ सहमति हुने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा… Read more »
राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्छ : मीन विश्वकर्मा
काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मिन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाउँदै विश्वकर्माले कांग्रेसले नै अब कालोबजारी अन्त्य गर्ने बताउनुभयो । तराई आन्दोलनमा… Read more »
एसएलसीलाई मध्यनजर गर्दै विद्युत प्राधिकरणले लोडसेडिङ घटायो
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर… Read more »








