चापागाँउ सडक कालोपत्रे हुने

Posted On    Author    Category सामाजिक.

१५ चैत्र ०७५,चापागाँउ । चापागाँउ सातदोवाटो सडक तत्काल अस्थायी कालोपत्र गर्ने प्रकृया अघि बढेको छ । सडक विस्तारलाई पनि अघि बढाउदै तत्कालका लागि अस्थायी कालोपत्रे गर्न लागिएको हो । लामो समयसम्म सडक विस्तारको काम हुने अवस्था आउन सक्न आशंकामा सडक कालोपत्रे गर्न लागिएको हो । प्रतिनिधि सभा ललितपुर १ का सासंद नवराज सिलवालले ललितपुरमा आयोजित… Read more »

बोरिङबाट आएको पानी पिउन पाउँदा गोदावरी नगरका स्थानीय खुशी

Posted On    Author    Category सामाजिक.

ललितपुर,लामो समयदेखि गोदावरी नगरपालिकाको पहलमा आजदेखि डिप बोरिङ मार्फत थप खानेपानीको सुचारु गरिएको छ । गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सो कार्य सम्भव भएको हो । नगरपालिकाको वडा नम्बर १० मुलडोल र चारघरेमा सम्पन्न गरिएको बोरिङबाट खानेपानीको समस्याको समाधान भएको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । मुलडोलस्थित डिप बोरिङबाट ६ ईञ्चको… Read more »

ललितपुरमा असुरक्षित पेट्रोल पम्प

Posted On    Author    Category सामाजिक.

४० लाख जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प सडकमै आइपुगेका, घरसँग जोडिएका र सघन बस्ती भित्र छन् । असुरक्षित यी पम्पहरू कुनै पनि बेला विपत्को कारक बन्न सक्छन् । भद्र शर्मा: खोज पत्रकारिता केन्द्रका लागि जावलाखेल–पुल्चोक सडक खण्डमा पर्ने ‘एसपी इन्टरनेशनल इन्क’ नाम गरेको पेट्रोल पम्प पनि सडक किनारामै छ । नजिकै ‘युडी… Read more »

विप्लव पक्राउ परे जन्मकैद

Posted On    Author    Category राजनीति.

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ। फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ। ‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा… Read more »

हतियारसहित फेसबुकमा तस्बिर पोष्ट गर्ने सैनिकमाथि कारवाही

Posted On    Author    Category सामाजिक.

काठमाडौं । फेसबुकमा जथाभावी पोष्ट गर्ने एक सैनिक कारवाहीमा परेका छन् । उनले चलाउँदैं आएको फेसबुक समेत बन्द गरिएको छ । सैनिक मिडिया नीतिविपरीत हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने सैनिक कुचीकार सूर्यनारायण यादवमाथि नेपाली सेनाले कारवाही गरेको हो । मिडिया नीतिविपरीत यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरुसहित खिचिएका तस्बिर… Read more »

खराव सडकका कारण सुनाकोठीमा दुर्घटना २ घाइते

Posted On    Author    Category सामाजिक.

६ चैत्र ०७५,सुनाकोठी । ललितपुरको ठेचो र सुनाकोठीको सिमा क्षेत्र बाङ्गेधारा ओरालोमा बा. १ ह. ४२८४ नम्बरको टेम्पो दुर्घटना हुुँदा टेम्पोमा सवार २ जना घाइते भएका छन् । महानगरिय प्रहरी वृत्त चापागाँउले दिएको जानकारी अनुसार पाटन वर्ष २० की भक्तपुर बस्ने एलिसा शाही र वर्ष ६३ का ठेचोका चन्द्र वहादुर गोले घाइते भई पाटन अस्पतालमा… Read more »

साबधान !! तारकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि

Posted On    Author    Category स्वास्थ्य.

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिए । उनका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको… Read more »

गगन थापासँग काम गर्न चाहनुहुन्छ? आवेदन दिनुस्

Posted On    Author    Category राजनीति.

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासँग काम गर्न चाहनुहुन्छ? तपाईंलाई अवसर छ।नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्न इच्छुकबाट आवेदन मागेका छन्। सांसदको कार्यालयमा बसेर अध्ययन, अनुसन्धान र नीतिगत क्षेत्रमा काम गर्न चाहनेहरूले प्रशिक्षार्थी (इन्टर्न) बन्न आवेदन दिन सक्ने सांसद थापाले बताए। थापाले खोलेको सांसद… Read more »