चापागाँउ सडक कालोपत्रे हुने

Posted On    Author    Category सामाजिक.

१५ चैत्र ०७५,चापागाँउ । चापागाँउ सातदोवाटो सडक तत्काल अस्थायी कालोपत्र गर्ने प्रकृया अघि बढेको छ । सडक विस्तारलाई पनि अघि बढाउदै तत्कालका लागि अस्थायी कालोपत्रे गर्न लागिएको हो । लामो समयसम्म सडक विस्तारको काम हुने अवस्था आउन सक्न आशंकामा सडक कालोपत्रे गर्न लागिएको हो । प्रतिनिधि सभा ललितपुर १ का सासंद नवराज सिलवालले ललितपुरमा आयोजित एक कार्यक्रममा भने ’तत्कालका लागि सडकबाट भएको सास्ती रोक्न हामीले सहमती गरेर काम अगाडि बढाएका हौं ,तर सडक विस्तार रोकिदैन ।’ सातदोवाटो–चापागाँउ,सातदोवाटो–गोदावरी र टिकाभैरव एकान्तकुना सडकमा धेरै समस्या रहेको र गोदावरीमा सहमतीका साथ काम अघि बढाइएको सिलवालले बताए ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले अस्थायी कालोपत्रे गर्ने सम्बन्धि साडे सात करोड इस्टमेटको फाइल सडक विभाग पुगेको पुष्टी गरे । उनले भने ‘म विभाग आज जाँदैछु । अव काम अघि बढ्छ ।’

sbd-90X900

२०७२ सालमा सरकारले यो सडकको टेण्डर गरेको थियो । तर स्थानीय बासीको बस्तती नै भत्काउनु पर्ने भएको कारण सडक विस्तार अघि बढ्न सकेको थिएन । भत्काउनु पर्ने घरहरुका लागि जम्मा ३ करोड मात्रै मुआव्जा छुट्याएको हुँदा बजेट अभावमा सडक खाली गर्न सकिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *