खराव सडकका कारण सुनाकोठीमा दुर्घटना २ घाइते

Posted On    Author    Category सामाजिक.

६ चैत्र ०७५,सुनाकोठी । ललितपुरको ठेचो र सुनाकोठीको सिमा क्षेत्र बाङ्गेधारा ओरालोमा बा. १ ह. ४२८४ नम्बरको टेम्पो दुर्घटना हुुँदा टेम्पोमा सवार २ जना घाइते भएका छन् । महानगरिय प्रहरी वृत्त चापागाँउले दिएको जानकारी अनुसार पाटन वर्ष २० की भक्तपुर बस्ने एलिसा शाही र वर्ष ६३ का ठेचोका चन्द्र वहादुर गोले घाइते भई पाटन अस्पतालमा उपचार गराइरहेका छन् । बाँकी चालक सहित सवै यात्रु सकुशल छन् ।
प्रत्यक्षदर्शी विनोद खड्काको अनुसार टेम्पोमा १२ जना सवार थिए । प्रत्यक्षदर्शी खड्का भन्छन्,‘सडकमा जताततै खाल्टा छन् । त्यही खाल्टाका कारण चेम्पोको चक्का खुस्किेर दुर्घटना भएको हो ।’
यस ठाँउमा पटक पटक सडक दुर्घटना भइरहेको छ । ठाडो ओरालो बाटो र सडकको अवस्था नराम्रो भएको कारण पटक पटक दुर्घटना भएको स्थानीयहरु वताउछन् ।
टेम्पोमा चढेका काखे वालकहरु भए पनि उनीहरु सकुशल छन् । टेम्पो सडकबाट १० मिटर अग्लो कान्लोबाट तल खसेको थियो ।

source : Lalitpurkhabar

ShopIn Holidays Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *