हस्ताक्षर सङ्कलन कार्यक्रममा निमन्त्रणा

Posted On    Author    Category राजनीति, सामाजिक.

माघ १७ गते ठिक विहान ८ बजे प्यांगगाउ बसपार्कमा *राजनिती स्थायित्वको लागि #प्रत्यक्ष #निर्वाचित #कार्यकारी #राष्ट्रपति र पुर्ण समानुपातिक ब्यबस्थापिका संसदको लागि हस्ताक्षर सङ्कलन कार्यक्रम उदघाटन हुने भएकोले सम्पुर्ण अभियन्ता र आमजनसमुदायहरुमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं –नयाँ शक्ति पार्टी,नेपाल बज्रबाराही नगरपालिका ।

चैतदेखि काठमाडौं उपत्यकाबाट टेम्पो, माइक्रोबस,मिनी माइक्रोबस हटाइने

Posted On    Author    Category सामाजिक.

काठमाडौँ।यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ । ती सवारी सञ्चालकलाई… Read more »

राष्ट्रिय आविष्कार केन्द्रले भबिष्यमा गर्न सक्ने कामको एउटा उदाहरण

Posted On    Author    Category शिक्षा, सामाजिक.

दमौलीमा विद्यार्थीहरुले गरेको बिज्ञान तथा प्रबिधि प्रदर्शनीका फोटोहरु र मोटरसाइकलमा लगाउन सकिने अचम्मको हेल्मेट. नेपाल मगर संघ तनहुँको निम्तामा माघे सक्रान्तीको मेला हेर्न दमौली बजार गइयो. त्यहाका बिद्यार्थीहरुले गरेको बिज्ञान तथा प्रबिधि सम्बन्धि बिभिन्न प्रदर्शनीहरु हेर्ने मौका पनि पाइयो. तिनीहरुको प्रयास देखेर खुसी लाग्यो. सोही अबसरमा बिकल्प ढुंगाना भाईले बनाएको सोलार स्कुटर र एक बिशेष… Read more »

गोदावरी रूटमा माइक्रो चालक र सह–चालकले छात्राहरूलाई अपशब्द प्रयोग गर्दा प्रहरी नियन्त्रणमा

Posted On    Author    Category अपराध, सामाजिक.

ललितपुरको गोदावारीबाट लगनखेल सम्म गुड्ने बा. १ ज ६०७१ नम्बरको माइक्रो बसका सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने छात्राहरूलाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि माइक्रो बसका चालक र सहचालक दुवै प्रहरी नियन्त्रणमा पुगेका छन् । पक्राउ पर्नेमा धादिङ निवासी रबिन गुरुङ रहेका छन् भने त्यस्तै सहचालकलाई सहयोग गरेको आरोपमा चालक दीपक महर्जन पनि पक्राउ परेका छन्… Read more »

बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन

Posted On    Author    Category शिक्षा.

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

होटल हिल्टन निर्माणका क्रममा नक्सालको सडक भासियो

Posted On    Author    Category सामाजिक.

काठमाडौं— हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ। निर्माणाधीन होटलको नाम डबल ट्री रहेको छ। विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वर्ल्डवाइड काठमाडौंमा पाँचतारे होटल निमार्णका क्रममा सडक भासिएको हो। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन… Read more »

बज्रबाराही नगरपालिकाकाे तेस्राे नगर परिषद यही पुस २५ गते विहान ७:३० बजे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

माननीय उपप्रधान एव गृह मन्त्री विमलेन्द्र निधिकाे प्रमुख अातिथ्यतामा बज्रबाराही नगरपालिकाकाे तेस्राे नगर परिषद यही पुस २५ गते विहान ७:३० बजे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने गरि कार्यक्रम हुने भएकाेले सम्पूर्ण नगरबासी , पत्रकार मित्र सवैलाई फूलबारी पाटी प्यालेश बज्रबाराहीमा सवै नगरवासीहरूमा गरिमामय उपस्थितिका लागि अनुराेध छ

विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले… Read more »