विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले जानकारी दिए।

अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर (एलबी) टण्डनले ग्रीनसिटी अस्पतालसँग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गर्ने संस्था र डाक्टरहरुलाई प्रमाणपत्र वितरण गरे।

यसैगरी वाग्मती सरसफाइको क्रममा बेसहारा रहेका दृष्टिविहीन सुल्तान मुखियालाई अस्पतालमा ल्याएर उपचार गरेको अस्पतालले फेसबुकमार्फत आर्थिक सङ्कलन जुटाएर सहयोग गरेको छ ।

नेपालबाट बेलायत गएर बसेका लक्ष्मी कुँबर र हुमबहादुर कुँबरले पठाएको २० हजार रुपैयाँ र दुई थान ब्लाङ्केट दृष्टिविहीनलाई सहयोग गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *