गोदावरी रूटमा माइक्रो चालक र सह–चालकले छात्राहरूलाई अपशब्द प्रयोग गर्दा प्रहरी नियन्त्रणमा

Posted On    Author    Category अपराध, सामाजिक.

ललितपुरको गोदावारीबाट लगनखेल सम्म गुड्ने बा. १ ज ६०७१ नम्बरको माइक्रो बसका सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने छात्राहरूलाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि माइक्रो बसका चालक र सहचालक दुवै प्रहरी नियन्त्रणमा पुगेका छन् ।
पक्राउ पर्नेमा धादिङ निवासी रबिन गुरुङ रहेका छन् भने त्यस्तै सहचालकलाई सहयोग गरेको आरोपमा चालक दीपक महर्जन पनि पक्राउ परेका छन् ।
ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार होप इन्टरनेसनल कलेजमा नर्सिङ संकायमा अध्ययनरत ११ जना छात्राहरू प्राक्टिकलका लागि गोदावारी गएको र त्यहाँबाट फर्कने क्रममा ‘छुट माग्दा सहचालक गुरुङले छुट दिन नमिल्ने बताउँदै अपशब्द प्रयोग गर्दै छात्राहरूलाई गाली गरेको बताएका छन् ।
आफूहरूमाथि अभद्र व्यवहार भएपछि विद्यार्थीहरूले ट्राफिक प्रहरी कार्यालय सातदोबाटोमा आवेदन दिएका थिए । चालक र सहचालकमाथि कारबाही गरि पाउँ भनी उनीहरूले दिएको निवेदनमा आफूहरूमाथि अभद्र र अशभ्य व्यवहार गरेको उल्लेख गरिएको छ ।
गाडीसँगै ट्राफिक प्रहरीले चालक दीपक महर्जन र सहचालक रविन गुरूङलाई नियन्त्रणमा लिएको छ ।अहिले चालक र सहचालक दुबैलाई आवश्यक कारबाहीका लागि प्रहरीमा पठाइएको प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *