आयल निगमले नै तेल ठगेको पुष्टि

Posted by & filed under व्यापार.

इन्धन बोक्ने ट्यांकरको गलत क्यालिब्रेसन हुँदा पेट्रोल पम्पहरूले कम इन्धन पाउने गरेको अनुगमनको निष्कर्ष नेपाल आयल निगमले उपत्यकाका पेट्रोल पम्पलाई तेल ठगेको (भनिएको परिमाणभन्दा कम इन्धन वितरण गर्ने गरेको) भेटिएको छ । साताअघिदेखि भएको अनुगमनले इन्धन बोक्ने ट्यांकरको गलत क्यालिब्रेसन हुँदा पेट्रोल पम्पहरूले निगमले भनेभन्दा कम इन्धन पाउने गरेको देखिएको हो । पम्प व्यवसायीले निगमबाट… Read more »

४ वर्षमा फास्ट ट्रयाक निर्माण सक्ने प्रस्ताव

Posted by & filed under सामाजिक.

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी एकैसाथ निर्माण अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं तराई दु्रतमार्ग (फास्ट ट्र्याक) ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । मन्त्रालयले आइतबार गरेको प्रस्तावमा आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरेर एकैसाथ निर्माण कार्य अघि बढाउने उल्लेख छ । फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाउँदै… Read more »

श्रमशक्ति जति विदेशमा

Posted by & filed under अर्थ.

काठमाडौं- मजदुर हक–हितको पक्षमा चर्को नारा लगाउँदै सोमबारदेशभर श्रमिक दिवस मनाइयो। यो वर्षको श्रमिक दिवसमा पनि विगतमा झै आठ घन्टा काम, आठ घन्टा आराम तथा आठ घन्टा मनोरञ्जन हुनुपर्ने भाग सहित टे्रड युनियनहरुले ठाउँठाउँमाकार्यक्रम गरे। अधिकांश ट्रेड युनियनका कार्यक्रममा विभिन्न दलका नेता पुगेर श्रमिक हक, अधिकारको पक्षमा चर्को भाषण गरे। कृषि, पर्यटन, जलविद्युत् उत्पादनलाई जोड… Read more »

जेठ १ गतेदेखि यातायात व्यवस्था विभागमै सवारी ट्रायल

Posted by & filed under सामाजिक.

काठमाडौं- यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपांग्रे सवारीको ट्रायल(प्रदर्शन परीक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ। विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपांग्रे सवारीको पनि ट्रायल लिन लागिएको हो। यसअघि सो ठाउँमा मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो। विभागले अहिले रामशाहपथस्थित नेसनल ट्रेडिङ कार्यालय परिसरमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएको छ। सवारी अनुमतिपत्र (लाइसेन्स)… Read more »

वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा

Posted by & filed under शिक्षा, सामाजिक.

काठमाडौँ, वैशाख २० गते । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय… Read more »

अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

Posted by & filed under अपराध.

रौतहट– अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। पक्राउ गरिएको ट्रकलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। ट्रकभित्र कपडा, स्पेय पार्टस, भाँडाकुँडा लगायतका सामग्री रहेको प्रहरीले जनाएको छ। ट्रकमा रहेको… Read more »

निर्वाचनमा सुरक्षा मजबुत

Posted by & filed under राजनीति.

जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । जिल्लामा रहेका… Read more »

अवैध बाटो हुँदै दुबई पुगेको १२ महिला डिपोर्ट

Posted by & filed under सामाजिक.

पर्यटक भिसामा खाडी र मलेशिया जाने कामदारमाथि कडाई गरेपछि तस्करहरुले अवैध बाटो प्रयोग गर्न थालेका छन् । भारत हुँदै दुबई पुगेका १२ महिला मंगलबार डिपोर्ट भएर काठमाडौं फर्केपछि मानव तस्करीको पछिल्लो कदम खुलेको हो । स्रोतका अनुसार दुबईमा मात्रै झण्डै एक सयको हाराहारीमा नेपाली महिलाहरु अलपत्र परेका छन् । ति सबै भारतको बाटो हुँदै ‘सेटिङ’मा… Read more »