पाँचथरमा चट्याङ लागेर पाँचजना घाइते

Posted by & filed under सामाजिक.

पाँचथर – यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको… Read more »

भक्तपुरको तेखापुखुमा आगलागी

Posted by & filed under सामाजिक.

भक्तपुर नगरपालिका–१ टेखापुखुमा आगलागी भएको छ । ८ परिवार बस्दै आएको ५ घरमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । आइतबार बिहान साढे १ बजे इन्द्र शिल्पकारको घरबाट सुरु भएको आगलागी कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रबहादुर शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकर, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घर… Read more »

बच्चाले मोबाइलमा अश्लिल तस्बिर हेरेको यसरी थाह पाउनुहोस

Posted by & filed under सामाजिक.

मोबाइल र त्योसँगै विकास भएको इन्टरनेटले धेरै कुरा परिवर्तन गरेको छ । काम लाग्ने नलाग्ने सबै । इन्टरनेटमा बिताउनेहरु पोर्न साइट हेर्नेपनि बढी छन् । बच्चाको पहुँचमा इन्टरनेट पुगेको हुँदा बच्चाले पनि यसलाई हेरिरहेका हुन्छन् । अभिभावकको लागि बच्चाले इन्टरनेटमा के गरिरहेको छ त्यसको जानकारी लिनुपर्ने हुन्छ । प्रविधिको नियमन प्रविधिबाट मात्र सम्भव हुन्छ ।… Read more »

कसरी चिन्ने नक्कली नोट

Posted by & filed under सामाजिक.

काठमाडौं । केही दिन अगाडि पोखरामा नक्कली नोट फेला पर्यो । यस्तै झापामा पनि नक्कली नोट भेटियो । नेपालमा नक्कली नोटको समस्या त्यती नआउने भएपनि पछिल्लो महिना नक्कली नोटको बिगबिगी बढेको छ । सक्कली नोटमा केही विशेषता छन् । जसले सजिलै नोट सक्कली नक्कली छुटउन सकिन्छ । पानी छाप : नेपाली नोटको दायाँ भागको खाली… Read more »

आधा किलोसम्मको असिना र बर्षा, लाखौँको क्षति

Posted by & filed under सामाजिक.

महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँचसय ग्रामसम्मका असिना खसेको थियो भने त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने… Read more »

तालिम सकियो पोसाक छैन

Posted by & filed under सामाजिक.

‘गर्मीमा ज्यान फालेर तालिम गरियो,’ धुर्कोट गाउँपालिका–१ का म्यादी प्रहरी सुरज जिसीले भने, ‘चुनाव होला जस्तो लाग्दैन ।’ स्थानीय निर्वाचन सरेपछि उनले शंका व्यक्त गरे । फुर्सदको समय देश सेवामा समर्पित हुने विश्वास लिएका जिसीले भने, ‘लगभग तालिम सकियो, कहाँ जाने र के गर्ने केही जानकारी आएको छैन ।’ उनले भने, ‘नियुक्ति र पोसाक पनि… Read more »

निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने

Posted by & filed under राजनीति.

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने बताउँदै नेपाली सेनाको टोली… Read more »

वैशाख २५ देखि जेठ ३ गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुला

Posted by & filed under सामाजिक.

वैशाख २२, २०७४- आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ मुग्लिन सडक आयोजनाले २४ सै घण्टा खुल्ला गरिएको जनाएको छ । अहिले उक्त सडकखण्ड बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनकै बन्द हुँदै आएको छ । आयोजनका… Read more »