नेपाल स्वास्थ्य ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सहित चार जानाले दिए राजिनमा

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं – ब्यवसायीको हितमा काम गर्ने बातावरण नभएको भन्दै नेपाल स्वास्थ्य ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सहित चार जनाले राजिनमा दिनुभएको छ ।
शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर बरिष्ठ उपाध्यक्ष सिताराम रेग्मी, केन्द्रीय सदस्यहरु रामहरी थापा, पृथ्वी खड्का र बिना बानियाँ अधिकारीले राजिनमा दिएको जानकारी दिएका हुन् । उनीहरुले महासंघले बायोमेट्रिक प्रणालीमा सरकारको निर्देशनलाई बेवास्ता गरेको, क्षतिपूर्तिमा अनियमितता गरेको, रिफण्डमा अनियमितता गरेको, विद्यान विपरित कार्य सञ्चालन गरेको, महासंघको गाडि दुरुपयोग गरेको, सदस्य ब्यवसायीहरुको राजिनामाप्रति बेवास्ता गरेको र नविकरण नगरेको कारण देखाउँदै राजिनामा गरेका हुन । पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष रेग्मीले संसदको समितिको निर्देशन अनुसार ६ महिनाकोलागि सम्पूर्ण सूचिकृत ब्यवसायीहरुले बायोमेट्रिक प्रणाली अन्तर््गत काम गर्न पाउने निर्देशन दिएपनि कार्यान्वयन नगर्दा ८३ वटा सस्था काम विहीन बनेको भन्दै ब्यवसायीको हितमा काम गर्न नसकेकोले नैतिकताको आधारमा पद छाड्नु परेको बताउनुभयो ।
उहाले सस्था स्थापना भएको १० वर्षको अन्तरालमा १ अर्ब भन्दा बढी भ्रष्टाचार भएको आरोप लगाउँदै आफूले त्यसको भण्डाफोर गर्ने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *