जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा

Posted On    Author    Category व्यापार, साक्षात्कार, स्वास्थ्य.

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा फैलिरहेको जिका भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषणा गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसको समस्या समाधानका लागि अन्तराष्ट्रिय स्तरमा प्रयासलाई तिव्र पार्नु आवश्यक छ ।
जिका भाइरस संक्रमणको बारेमा छलफल गर्नका लागि स्विजरल्याण्डको जेनेभामा डब्लुएचओको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो ।
संगठनका अनुसार जिका भाइरस तिव्र रुपमा फैलिरहेको छ । उत्तर तथा दक्षिण अमेरिकामा ४० लाख जना मानिसमा यो रोगको संक्रमण फैलिने खतरा रहेको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अमेरिकाका केही देशमा जिका भाइरसको खतरा बढ्दैै गइरहेको छ । लामखुट्टेबाट मानिसमा सर्ने जिका भाइरस संक्रमणपछि पनि धेरै मानिसमा यसको लक्षण नदेखिने भएपनि यसको असर बालबालिकाको मस्तिष्कमा पर्ने गर्छ ।
ब्राजिलमा पछिल्लो समयमा जन्मिएका दिमागी रुपमा कमजोर हजारौँ बच्चामा जिका भाइरसको संक्रमण हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *