नेपाल टेलिकमको सिस्टम ह्याक !

Posted On    Author    Category अर्थ.

काठमाडौं-ह्याकरहरूले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ । ह्याकर दाबी गर्नेले आफ्नो ‘अपरिचित’ फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै उसको सिस्टम ह्याक गरेर ‘सिस्टम कन्ट्रोल’मा लिएको दाबी गरेको थियो । नेपाल टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले ह्याक पुष्टि नभएको बताए । ‘यो खबर सुनेपछि हाम्रो… Read more »

फेसबुक म्यासेन्जरमा नयाँ सुविधा

Posted On    Author    Category प्रौद्योगिकी.

फेसबुकले म्यासेन्जरमा नयाँ फिचर ल्याएको छ। कम्पनीले म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने फिचर ल्याएको हो जसबाट गीत सेयर गर्न मिल्नेछ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’ सेक्सनका साथमा ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ। यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफुले चाहेको कुनै पनि गीत छान्न सकिनेछ। यसको खास विशेषता भनेको यसमा… Read more »

लोकसेवाद्वारा खरिदार पदमा १४ सय बढी दरखास्त अाह्वान

Posted On    Author    Category रोज्गार.

लोकसेवा आयोगले खरिदार पदमा जागिरका लागि १४ सय भन्दा बढी दरखास्त आह्वान गरेको छ। अप्राविधिक तर्फ राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदका दरखास्तका लागि आयोगले बुधबार सूचना जारी गरेको हो। आवेदन फारम अनलाइन मार्फत् भर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ। source setopati

उपत्यका मुनिकाे ग्यास, आकाशको फल!

Posted On    Author    Category सामाजिक.

ललितपुर—ललितपुरको हात्तिवन क्षेत्रमा बन्दै गरेका करिब ७० घरका सम्पूर्ण मजदुरको खाना दुई वर्षदेखि खनिज ग्यासमा पाक्दै आएको छ। पानीका लागि गाडिएको पाइपमा ग्याससमेत मिसिएर आएपछि हाल चुलो नै बनाएर खनिज ग्यासको प्रयोग गरिँदै आएको छ। घर निर्माणमा संलग्न बर्दियाका श्रीराम चौधरीले पानीको पाइप गाड्दा ग्यास निस्किएको बताए। उनले ग्यासको प्रयोग दुई वर्षदेखि दिनरात गरिरहेको बताए।… Read more »

नेपाल जानका लागि सामान प्याक गर्दैहुनुहुन्छ? पख्नुहोस भन्सार सम्बन्धि नया नियम बुझेर मात्र जानुहोला!

Posted On    Author    Category व्यापार.

हरेक पटक बजेट आउँदा विदेशमा रोजगार वा अन्य उद्देश्यले गएकाहरुलाई टिभीसम्बन्धी व्यवस्थाबारे चासो हुन्छ। विदेशमा टिभी एकदम सस्तो देखेपछि किनौँ किनौँ लाग्छ। तर नेपालमा टन्न कर लगाएर महँगो बनाइदिने डर पनि हुन्छ। यसपालिको बजेटले के व्यवस्था गरेको छ त? खासमा विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे यो बजेटले केही न‌याँ व्यवस्था गरेको छैन। यस अन्तर्गत गत वर्षकै… Read more »

नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचा -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई

Posted On    Author    Category राजनीति.

काठमाडौं -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचो रहेको बताउनुभएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले मुलुक पुरानै सोच र धरातलमा चलेको भन्दै राजनीतिमा नै आमूल परिवर्तनको खाचो रहेको बताउनुभएको हो । भट्टराईले आफ्नो नया शक्तिले सबैको हक अधिकारलाई मुख्यरुपमा ध्यानमा राख्ने भन्दै अहिले पिछडिएका , अल्पसंख्यक लगाएतले पूर्ण… Read more »

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

Posted On    Author    Category Uncategorized.

काठमाडौं – नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो । त्यसैगरी, कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल… Read more »

शिवरात्रीमा नाकाबन्दीको असरः भारतीय साधुको संख्या घट्यो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं – पशुपतिनाथमा अघिल्लो शिवरात्रीको तुलनामा यस वर्ष साधु सन्त एवं नाङ्गा बाबाहरुको आगमन संख्या घटेको छ । भूकम्प नाकाबन्दीपछि भारतबाट बाबाहरु आउन डराएकाले पशुपतिमा जोगीहरुको चहल-पहल घटेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतका विभिन्न ठाउँबाट साधुसन्तहरु शिवरात्रीमा पशुपति आउने गर्छन् । तर, यो वर्ष बाबाहरुको संख्या करिव दुई हजारले घट्ने संकेत देखिएको… Read more »