हार्ट एट्याकका कारणहरु

Posted On    Author    Category स्वास्थ्य.

Expert cardiologists

अप्रत्यासित रुपमा अपर्झट हुने, तत्काल आपतकालिन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि स्वस्थ्य र स्तरीय जीवनको महसुस हुनेगरि बाच्न नसकिने वा जीवन भर परावलम्बि र पराश्रीत भएर बाच्नु पर्ने पनि हुन सक्ने तर जोखिम र कारकहरु लाई निदान गरि हटाउन सके रोगलाई उल्ट्याउन पनि सकिने यो रोगकै कारणलेप्रत्येक वर्ष संसारभर १  करोड७५ लाखमानिसहरु  मरिन्छन् । मर्नेहरु मध्ये ७४ लाख मानिसहरु केवल हार्ट एट्याक (हृदयघात) र ६७ लाख मानिसहरु ब्रेन एट्याक (मस्तिष्कघात) का कारणले मरिन्छन् । सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारिको रुपमा देखा परेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरुको मृत्युको प्रमुख कारण हुनुका साथै अस्पतालमा इमरजेन्सि र सघन उपचार कक्ष९क्ष्ऋग्० प्रवेशको मुख्य कारण पनि हो । यसरी धेरै मानिसहरु मरेर सन्सारक्रै सर्वश्रेष्ठ हत्यारा  कहलिएको यो रोग विशेषतः मुटुलाई रक्त आपुर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनी वा धमनीका शाखा भित्रै अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भाग भन्दा अगाडिका हृदयपेशिहरु अक्सिजन र पोषण तत्वहरुको अभावमा मर्न गई देखा परेको आपतकालिन समस्या हो ।

Expert cardiologists
यो रोग अकस्मात घटित भएतापनि यसको पछाडि  धमनीहरुमा कोलेस्टेरोल जम्न गई धमनी सागु¥याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौ वर्ष देखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर सयौ कारणहरु जिम्मेवारी छन् । यो धेरै कारणहरुले हुने भएको हुँदा एसलाई बहुकारणीक रोग ९ःगतिष् ँबअतयचष्ब ि म्ष्कभबकभ० पनि भनिन्छ । १९८१ मा सर विलियमसले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शारीर तथा जैविकतासंग, ४४ वटा रगत र रगतको रोगसँग,  ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरिर रचनासँग १६ वटा बंशानुगत, हुन भने ५ वातावरण र ६ दवाई तथा औषधोउपचारसँग सम्बन्धित छन् । यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरि २ समुहमा विभाजन गरिएको छ । ४५ वर्ष पछिको उमेर, पुरुष लैङ्गिकता र हृदय रोगको पारिवारीक इतिहास जस्ता कारणहरु उल्त्याउन नसकिने कारणहरु हुन् । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, श्रम र व्यायाम सम्मेलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालिन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आपना अडान र निर्णयहरु प्रति अडिग रहने टाइप “ए” व्यक्तित्व मदिरापान र मानसिक तनाव जस्ता  कारणहरु पर्दछन् । यसका अलावा विशेष रोगवस्था र केही औषधिहरुको सेवन पनि यसका कारण हुन् ।
यी जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैलि परिवर्तन गरेर अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारिलाई ५० प्रतिशतले कम गरेका छन भने फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्वहरु संग अनभिज्ञ दक्षिण एशियाका शहरी जनसमुदाएले  भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।
उल्ट्याउन नसकिने कारणहरुः
मुटु रोगका यस्ता कारणहरु पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिदैन । तर यस्ता कारणहरुलको जोखिम भएका व्यक्तिहरुले बेलैमा सचेत हुनु पर्ने हुन्छ रोगलाई धेरै विगार गर्ने अवस्थासम्म पुग्न दिनु हुदैन । ती कारणहरु हुन्ः
१) उमेरः सामान्यतया हृदयघात हुने खतरा ४० वर्ष उमेर पारगरेकाहरुलाई हुन्छ् । तर आजकल २५ वर्ष उमेरमा हृदयघात भएका तथ्य पनि देख्न र सुन्न थालिएको छ । उमेर बढ्दै गएपछि धमनीहरुमा स“ागु¥याउने समस्या स्वस्थ्य व्यक्तिमा पनि सुरु हुन्छ । यदि   ४० वर्ष भन्दा पारीको उमेर संगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्ट एट्याक्याक चा“डै हुन सक्छ ।
२) पुरुष लैङ्गिकताः हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो«जन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बसायका अपरेसन गराएका गर्भ निरोधक चक्कि खाने र धेरै चोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ । यसका अलावा महिलाहरुमा कम तनाव, वा सहज व्यक्तित्व कम सुर्ती सेवन तथा धुम्रपान जस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर  नै हृदयघातको जोखिम रहन्छ ।

Source: https://www.hamrodoctor.com/

 

One Response to “हार्ट एट्याकका कारणहरु”

  1. siteadmin

    When it comes to your heart, you deserve the best. If you are looking for the expert cardiologists in Kathmandu, Vayodha hospital might be the best choice you will make. Vayodha hospital is committed to providing the full spectrum of heart care. Expert cardiologists deal with the treatment of heart attacks and cardiovascular breakdown. Book an appointment with expert cardiologists here at Vayodha hospital. (The private hospital in Kathmandu, Nepal) https://www.vayodhahospitals.com/doctors/
    https://www.vayodhahospitals.com/Department/best-hospital-for-cardiology-in-kathmandu/

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *