मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? सरकारले गरिदिन्छ उपचार

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? अब चिन्ता नलिनुस्। सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ।

nepalipatro-nagarik
गरिबी रेखामुनि रहेका नागरिकको उपचारमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले देशका एक सयभन्दा बढी अस्पतालबाट यी रोग उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ। सरकारले नै बिरामीको उपचारका आधारमा अस्पताललाई पैसा तिरिदिनेछ। यो सहयोग रकम नेपालमा उपचार सम्भव नभए विदेश जाँदा पनि पाउन सकिन्छ।

कसरी पाइन्छ त सहयोग?

स्वास्थ्य मन्त्रालयका प्रमुख डा. पदमबहादुर चन्दका अनुसार सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पुर्जी (प्रेस्त्रि्कप्सन) लिएर गाविस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिसपत्र लिनुपर्ने हुन्छ। त्यसपछि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिसपत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ। उपचार आफ्नो घर पायक पर्ने अस्पताल रोजेर गर्न सकिने डा. चन्द बताउँछन्।

यीमध्ये मिर्गौला फेल भएका बिरामीको उपचारमा सरकारले सबैभन्दा बढी रकम सहयोग गर्दै आइरहेको छ। मन्त्रालयले यस्ता बिरामीलाई निःशुल्क डायलसिस गर्ने तथा प्रत्यारोपण गर्नेलाई २ लाख र प्रत्यारोपणपछि औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। मिर्गौला डायलसिसका लागि एकपटकको २ हजार ५ सय रुपैयाँ दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामा रहेको विपन्न नागरिक औषधि उपचार कोषले मिर्गौलाबाहेक विभिन्न १० थरी रोगमा एक लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हाइड्रोसिलको निःशुल्क शल्यक्रिया थालिसकेको छ।

कोषमार्फत मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर/पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म सहायता दिइने डा. चन्दले जानकारी दिए।

‘क्यान्सर, मिर्गौला तथा मुटुबाहेकका अन्य रोग तथा समस्यामा दिइराखिएको सहयोगबारे धेरैलाई जानकारी नै छैन,’ उनले भने, ‘जसकारण अझै पनि धेरै बिरामी रकम अभावमा उपचारमा आउन सकिरहेका छैनन्।’ उनले उपचार सहायता लिन भने रोगअनुसार सरकारले तोकेका अस्पतालमा नै जानुपर्ने जानकारी दिए।

कुन रोगका लागि कुन अस्पताल?

मन्त्रालयले सहायता रकमका लागि रोगअनुसार छुट्टाछुट्टै अस्पताललाई सूचीकृत गरेको छ। केन्द्रीयदेखि जिल्ला तथा केही निजी गरी एक सयभन्दा बढी अस्पतालबाट यी रोगको उपचारसेवा पाउन सकिने व्यवस्था छ। केन्द्रीय स्तरका अस्पतालबाट धेरै रोगको सेवा लिन सकिन्छ भने जिल्ला तथा निजी अस्पतालबाट एउटा मात्र रोगको।

कोषको सूचीअनुसार क्यान्सरका लागि १०, मिर्गौलाका लागि २२, मुटुका लागि ७, पार्किन्सन्स र अल्जाइमर्सका लागि ४, सिकलसेल एनिमियाका लागि १०, टाउको तथा स्पाइनल चोटपटकका लागि ४ र हाइड्रोसिलका लागि ७० वटा अस्पताल तोकिएका छन्।

हाइड्रोसिल उपचार केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय र जिल्ला गरी ७० वटा अस्पतालबाट निःशुल्क पाइन्छ। हइड्रोसिल बिरामीमध्ये सरकारले चालु आर्थिक वर्षमा ११ हजार जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिएको छ। यसका लागि करिब ६ करोड बजेट विनियोजन गरिएको छ। एउटा शल्यक्रियाबापत अस्पतालले सरकारबाट ५ हजार रुपैयाँ पाउने बताइएको छ।

कोषका अनुसार सबैभन्दा बढी वीर, त्रिवि शिक्षण अस्पतालबाट आठथरी रोगमा निःशुल्क तथा सरकारी सहयोगबापत उपचारसेवा पाउन सकिन्छ। वीर, शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन अस्पतालबाट सरकारको सहयोगमार्फत क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर्स, टाउकाको चोट र स्पाइन चोटमा उपचारसेवा लिन सकिन्छ। वीर र टिचिङबाट हाइड्रोसिलको उपचार पनि निःशुल्क लिन सकिन्छ।

निजामती अस्पतालबाट क्यान्सर, मुटु, सिकलसेल एनिमिया र हाइड्रोसिल, कान्ति बाल अस्पतालबाट क्यान्सर, मिर्गौला र मुटुरोगमा सेवा लिन सकिन्छ। यसै गरी बिपी कोइराला क्यान्सर अस्पताल चितवन, भक्तपुर क्यान्सर अस्पताल, प्रसूतिगृह र क्यान्सर केयर नेपालबाट क्यान्सरको उपचार पाउन सकिन्छ।

मिर्गौलाको उपचार वीर, टिचिङ, कान्ति र बिपी धरानसहित नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, कोशी अञ्चल अस्पताल, विराटनगर, जनकपुर अञ्चल अस्पताल, धनुषा, मानव अंग प्रत्यारोपण केन्›, भक्तपुर, राष्ट्रिय मिर्गौला उपचार केन्›, वनस्थली काठमाडौं, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर, नेपाल मेडिकल कलेज, जोरपाटी काठमाडौं, युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, चितवन, कलेज अफ मेडिकल साइन्सेस, चितवन, मणिपाल मेडिकल कलेज, पोखरा, बी एन्ड बी अस्पताल, ललितपुर, नेसनल डायलसिस सेन्टर, एकान्तकुना, ललितपुर, गोल्डेन अस्पताल, विराटनगर, धुलिखेल अस्पताल, काभ्रे, गण्डकी मेडिकल कलेज, पोखरा, आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर र विराट अस्पताल, विराटनगरबाट पाउन सकिन्छ।

मुटुको उपचार वीर, त्रिवि शिक्षण अस्पताल/कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं, गंगालाल अस्पताल, बाँसबारी, काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, पाटन अस्पताल, ललितपुर, कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं र निजामती अस्पताल, नयाँ बानेश्वरबाट लिन सकिन्छ।

पार्किन्सस तथा अल्जाइमर्स र टाउको तथा स्पाइनल चोटपटक उपचार वीर अस्पताल, शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन अस्पतालबाट पाइन्छ। सिकलसेल एनिमिया उपचारमा सघाउनेमा निजामती अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल, महाकाली अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल, लुम्बिनी अञ्चल अस्पताल, जिल्ला अस्पताल कपिलवस्तु, जिल्ला अस्पताल, बर्दिया, जिल्ला अस्पताल, नवलपरासी र युनिभर्सल मेडिकल कलेज, भैरहवा छन्।

सिकलसेल एनिमिया बाँके, बर्दिया कैलाली, दाङ, कञ्चनपुर र नवलपरासीलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायमा देखिने गरेको छ। यो रक्तकोषसम्बन्धी रोग हो। रातो रक्तकोषिका प्राकृतिक रूपमा गोलाकार हुन्छन् तर सिकलसेल संक्रमितमा यी कोष अर्धगोलाकार वा हँसिया आकारका हुन्छन्।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *