मधुमेहका कारण आँखामा देखिने समस्या डायबेटिक रेटिनोप्याथी के हो? लक्षण र बच्ने उपाय

Posted On    Author    Category स्वास्थ्य.

रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। मधुमेहले शरीरका अन्य महत्वपूर्ण अंगजस्तै मिर्गौला, मुटु, स्नायू र आँखामा मुख्य असर पार्दछ। मधुमेहले आँखाको खासगरी दृष्टिपर्दाको रक्त नलीमा असर गर्ने गर्दछ। आँखाको रेटिनामा देखिने असरलाई डायबेटिक रेटिनोप्याथी भनिन्छ।

डायबेटिक रेटिनोप्याथी हुँदा रक्त नशाहरुमा असर गरी पर्दामा रक्तश्राव हुने, सुन्निने र समयमै उपचार नभए आँखाभित्र धेरै रगत जम्मा भई पर्दा खुम्चिने अवस्था आउने गर्दछ। आँखाको पर्दा देख्नका लागि अत्यन्तै महत्वपूर्ण भाग हो। पर्दामा धेरै असर परिसकेपछि दृष्टि फर्काउन गाह्रो हुन्छ।

ENT specialists

कारण 
डायबेटिक रेटिनोप्याथी रगतमा चिनीको मात्रा नियन्त्रण नहुने व्यक्तिहरुलाई छिटो र धेरै हुने गर्दछ।
मधुमेहका बिरामीलाई उच्च रक्तचाप र रगतमा चिल्लोको मात्रा नियन्त्रण भएन भने डायबेटिक रेटिनोप्याथी हुन्छ।
मधुमेहका बिरामीले चुरोटको सेवन गर्ने मानिसलाई पनि डायबेटिक रेटिनोप्याथी हुन्छ।
गर्भवती महिलामा र मिर्गौलाका बिरामीमा डायबेटिक रेटिनोप्याथी बढी हुन्छ।

लक्षण 
डायबेटिक रेटिनोप्याथीको बिरामीलाई सुरुमा कुनै पनि लक्षण देखा पर्दैन। रेटिनामा धेरै क्षति भइसकेपछि बिरामीले आँखा धमिलो अनुभव गर्दछन्।
यसअर्थ डायबेटिक रेटिनोप्याथीबाट दृष्टि गुम्नबाट जोगाउन मधुमेह रोग भएको थाहा पाउनासाथ कम्तीमा वर्षमा एक पटक र डायबेटिक रेटिनोप्याथी भएका व्यक्तिले नेत्र विशेषज्ञको सल्लाहअनुसार आँखाको उपचार तथा परीक्षण नियमित गराउनु पर्दछ।

बच्ने उपाय 
रगतमा चिनीको मात्रा र उच्च रक्तचाप तथा रगतमा चिल्लोको मात्रा नियन्त्रणमा राख्ने, चुरोट सेवन नगर्ने, मिर्गौलामा असर गरेका व्यक्तिहरुले र गर्भवती महिलाले समयसमयमा रेटिनाको परीक्षण गराउनु पर्दछ। मधुमेहका बिरामीले आँखाको दृष्टि र चस्मा मात्र जाँच गरेर पुग्दैन। रोग पत्ता लगाउन आँखाको पर्दा नै परीक्षण गर्नुपर्छ।

नेपालमा मधुमेहका करिब एक तिहाइलाई डायबेटिक रेटिनोप्याथी भएको पाइन्छ।
मधुमेह भएको समय अवधि बढ्दै जाँदा डायबेटिक रेटिनोप्याथीकोे जोखिम समयसँगै बढ्दै जान्छ। विभिन्न अध्ययनले देखाएअनुसार मधुमेह भएको २० वर्षमा पहिलो प्रकारका मधुमेहका बिरामी सबैमा यो समस्या देखिएको पाइएको छ।

दोस्रो प्रकारका मधुमेहमा ६० देखि ७० प्रतिशत बिरामीको आँखामा डायबेटिक रेटिनोप्याथी भएको पाइन्छ। यसका अलावा कतिपय बिरामीमा मधुमेह रोग पत्ता लाग्दा आँखामा रोग लागिसकेको पाइन्छ।

विकासित देशको करिब ५ प्रतिशतको आँखामा मधुमेह रोग पत्ता लाग्दा डायबेटिक रेटिनोप्याथी भइसकेको देखिएको छ भने हाम्रो जस्तो देशमा यो रोगीको संख्या करिब दुई गुनाले बढी देखिन्छ। यसको मुख्य कारण रगतमा चिनीको मात्रा नियन्त्रण नहुनु र रोग समयमा पत्ता नलाग्नु नै हो। त्यसैले मधुमेह रोगको समयमै पहिचान हुनु आवश्यक छ। खासगरी परिवारमा मधुमेह हुने व्यक्तिले ३० वर्ष पुगिसकेपछि बेलाबेलामा मधुमेहको परीक्षण गर्नुपर्दछ।

Source: https://swasthyakhabar.com/

One Response to “मधुमेहका कारण आँखामा देखिने समस्या डायबेटिक रेटिनोप्याथी के हो? लक्षण र बच्ने उपाय”

  1. siteadmin

    Are you looking for the best ENT specialists in Kathmandu? Vayodha hospital might be the best choice you will make. Expert ENT specialists provide general ENT services as well as specialized care for children and adults. Book an appointment with the best ENT specialist here at Vayodha hospital. (The private hospital in Kathmandu, Nepal. https://www.vayodhahospitals.com/doctors/
    https://www.vayodhahospitals.com/Department/best-hospital-for-ent-expert-ent-specialists/

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *