कांग्रेसको १३ औं महाधिवेशन आज

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे खुलामञ्चबाट गर्ने कार्यक्रम छ । सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्नेछन् । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको छ । त्यसैगरी कार्यक्रममा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरु पनि काठमाडौं आइसकेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिने बताइएको छ । एक वर्ष ६ महिना ढिला गरी हुन लागेको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउने छ । फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र भोलिबाट भृकुटीमण्डपमा हुने छ । संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम भोलि नै बन्दसत्रमा पेश हुने बताइएको छ । महाधिवेशनमा ३ हजार १ सय ७० जना प्रतिनिधि सहभागी हुने छन् ।

source imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *