यसकारण हरियो प्याज खानु लाभदायक हुन्छ

Posted On    Author    Category स्वास्थ्य.

हरियो प्याज धेरैलाइ मन पर्दछ । तर केही केहीले भने प्याज खाएपछि मुख गन्हाउने भनेर नरुचाएको पनि पाइयो । वास्तवमा हरियो प्याज स्वास्थ्यको लागि लाभदायक हुने पाइएको छ । हरियो प्याजमा प्रशस्त मात्रामा भिटामिन सी,ए,के,बी–२,थियामाइन लगायतका तत्वहरु भरपुर मात्रामा रहेका हुन्छन । यसबाहेक हरियो प्याज तामा,फस्फोरस,म्याग्निशियम,पोटासियम,क्रोमियम म्याग्नीज तथा फाइबरको पनि राम्रो स्रोत हो । जानीराखौं हरियो प्याजका केही फाइदाहरु :

१.हरियो प्याजको सेवनले ह्रदयलाई स्वस्थ राख्न मद्धत गर्दछ । यसले कोलेस्ट्रोलको अक्सिकरण कम गर्छ र कोरोनरी ह्रदय रोगलाई कम गर्छ । हरियो प्याजमा एन्टिअक्सिडेन्टको मात्रा अधिकता हुने हुँदा कोशिकाहरुको क्षतिलाई रोक्ने काम गर्दछ । यसमा भिटामिन सी को मात्रा पनि अधिक हुने हुनाले कोलेस्ट्रोललाई कम गरेर रक्तचाप सन्तुलित गर्ने काम गर्दछ ।

२.हरियो प्याजमा भिटामिन सी र भिटामिन के को मात्रा राम्रो हुने हुनाले हाम्रो शरिरको हाडहरु बलियो बनाउन मद्धत गर्दछ ।

३.एन्टीअक्सिडेन्टको अधिकताका कारण प्याजमा एन्टीव्याक्टेरियल अथवा एन्टीभाइरल गुण बढी हुन्छ जसले शरीरमा लाग्ने इन्फेक्सनबाट बचाउन मद्धत गर्दछ । प्याजको सेवनले रुघाखोकी,फ्लु तथा मौसमी जरोको खतरा कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *