इमान बचनमा अडेको पत्यारिलो कांग्रेस हेर्न चाहन्छु: प्रधानमन्त्री ओली

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जिम्मेवारी वहन गर्नसक्ने गरी तयार राख्न नेपाली काग्रेसलाई सुझाव दिनुभएको छ ।
महाधिवेशनको भव्य र पूर्ण सफलताका लागि आफू र पार्टीको तर्फबाट शुभकामना दिँदै ‌ओलीले महाधिवेशनबाट पार्टीले नीतिगत र कार्यनीतिमा स्पष्ट पार्दै लोकतन्त्र र गणतन्त्रलाई सुद्धृढ गरी विकास निर्माणलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
लामो इतिहास बोकेको पार्टीबाट जनताले सकारात्मक अपेक्षा गरेजस्तै आफुले पनि सहमति र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो । नेपालका विभिन्न भाषाभाषी, जात जाति, क्षेत्र समुदायको सम्मान गरी सबैका लागि मिलेर काम गर्नु जरुरी रहेको भन्दै ओलीले यो महाधिवेशनको गम्भीरताका साथ ध्यान जानेमा विश्वास दिनुभयो ।  उहाले विभिन्न देशबाट आएका विदेशी पाहुनाले यो कार्यक्रममा सहभागी भएर नेपालको विकास, एकता र उन्नतिका लागि देखाएको समर्थन भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *