फेसबुक म्यासेन्जरमा नयाँ सुविधा

Posted On    Author    Category प्रौद्योगिकी.

फेसबुकले म्यासेन्जरमा नयाँ फिचर ल्याएको छ। कम्पनीले म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने फिचर ल्याएको हो जसबाट गीत सेयर गर्न मिल्नेछ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’ सेक्सनका साथमा ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ। यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफुले चाहेको कुनै पनि गीत छान्न सकिनेछ। यसको खास विशेषता भनेको यसमा बनाएको प्ले लिस्टलाई फेसबुक म्यासेन्जरमा सेयर गर्न सकिनेछ।

सेयरिङ अप्सनबाट गीत र प्ले लिस्ट अन्य ‘Spotify Users’ लाई पठाउन सकिन्छ।  यो फिचर आइओएस र एन्ड्रोइडका लागि उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *