नर्सको आन्दोलनलाई समर्थन गर्दै नर्सिङ संघले अघि सार्‍यो ११ माग

Posted On    Author    Category स्वास्थ्य.

nursing council nepal

काठमाडौं- नेपाल नर्सिङ संघले नर्सहरुको हकहितका लागि ११ बुँदे माग सार्वजनिक गरेको छ। उपत्यकाका नर्सहरुको भेला गर्दै संघले माग अघि सारेको हो।

मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनाकारण निकालिएका नर्सहरुको पुनर्वहालीको माग उठाउँदै आन्दोलनरत नर्सहरुको समर्थनमा संघले थप माग पनि अघि सारेको हो।

हेरौँ ११ बुँदे माग

१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्।

२. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस्।

३. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।

४. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।

५. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।

६. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस्।

७. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।

८. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।

९. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।

१०. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।

११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।

 

source: swasthyakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *