गोदावरी नगरपालिकाले स्थानीय ३ जनामा कारोना भेटिएको छ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

५ जेठ ०७७, बज्रवाराही । सोमबार गोदावरी नगरपालिकाले स्थानीय सुरक्षाकर्मी, स्वाथ्यकर्मी,सञ्चारकर्मी,जनप्रतिनिधिलगायत अत्यावश्यक सेवामा खटिनेहरुका लागि कोरोना परिक्षणको क्रममा ३ जनामा कारोना भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेश्टर निरिक्षक अफिसर इन्दिरा भण्डारीका अनुसार आरडिटी रगतको नमूना संकलन गरेर केही मिनेटमै नतिजा निकाल्ने प्रविधीबाट कोरोना भाइरस देखिएको भए पनि पिसिआर घाँटीका खकारको नमूना राष्ट्रिय प्रयोगशालामा परिक्षण गरेपछि मात्रै कोरोना भए नभएको एकिन हुने जानकारी दिनुभयो ।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका कोरोना संक्रमणका आशंकामा रहेका अत्यावश्यक पेशा व्यावसायमा कार्यरत स्थानीयबासीहरुको स्वास्थ्य जाँचका लागि उपलव्ध गराएको सिमित स्वास्थ्य किटबाट यो स्वाथ्य परिक्षण भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले नगरपालिकालाई उपलव्ध गराएको ५ सय आरडिटी र पिसिआर किटको सहायताले बाँडेगाँउ र बज्रवाराहीमा यो परिक्षण गरिएको हो ।
गोदावरी नगरका स्वास्थ्य शाखा उपसंयोजक केशव थापाले आरडिटी १ सय ५० र पिसिआर ६५ वटा किटबाट परिक्षण गरिउको जानकारी दिनुभयो ।
आरडिटी प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ(कोरोना लागेको अवस्था) आए पनि पिसिआर प्रविधिबाट प्रयोगशालामा जचाउदा नेगेटिभ आउने घटना ज्यादा भएको भन्दै स्वास्थ्यकर्मीहरु नजचाई फर्केका थिए ।

girls hostel in maitidevi, kathmandu

 

 

जिल्ला स्वास्थ्य कार्यालयले महानगरपालिकालाई १ हजार ५०, नगरपालिकाहरुलाई ५ सय र गाँउपालिकाहरुलाई २ सयको संख्यामा पिसिआर र आरडिटी किट उपलव्ध गराएको थियो । यही किटको साहरामा नगरपालिकाले आइतबार बाडेगाँउमा परिक्षण गरेको थियो भने सोमबार बज्रवाराहीमा परिक्षण गरिएको हो ।

source: www.lalitpoorkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *