काठमाडौंमा बर्ड फ्लु

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौँ — राजधानीमा यो सिजनको पहिलो बर्ड फ्लु संक्रमण देखिएको छ । तारकेश्वर नगरपालिकास्थित घर्मस्थलीमा पालिएको हाँसमा बर्ड फ्लु देखिएको हो ।

वर्ड फ्लु देखिएको ठाउँको ३ किलोमिटर वरिपरि गहण निगरानी समेत सुरू गरिएको छ । उक्त ठाउँमा ४२ दिनको लागि पंक्षीजन्य पदार्थ निषेध गरिएको छ । पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.सम्झना काफ्लेका अनुसार शुक्रबार लामबगर र गणेश ठाउँमा गरी ५ हजार ४ सय ५१ हाँस, १ सय ८० कुखुरा, ३ हजार ७ सय २० अण्डा र दुई सय ५० किलो दाना नष्ट गरिएको छ ।
मुलुकमा केही दिनअघि चितवनमा समेत बर्ड फ्लु देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *