माइभ्याली गोल्डकपमा झापा–११ र सहारा भिड्दै

Posted On    Author    Category खेल.

झापा–११ का प्रशिक्षक भगीरथ आले मामाले आफूहरुको योजना अनुसार सहारालाई पछि पार्न सफल हुने दाबी गरे । ‘सहारासँग हाम्रो भेट पहिलो हो, तर जित्नेमा ढुक्क छौं,’ उनले नागरिक न्युजसँग भने, झापा–११ ले भर्खरै पोखरामा सकिएको आहा–रारा गोल्डकपमा प्रि–क्वार्टरमा पुलिसलाई २–०, क्वार्टरमा बंगलादेशलाई ४–० ले पराजित गरेको थियो । सेमिफाइनलमा झापा–११ मनाङसँग ४–० ले पराजित थियो ।

सहाराका टिम म्यानेजर सुनील रानामगरले पनि जितकै लागि झापासँग भिड्ने तयारीमा रहेको बताए। उनले ‘हाम्रो स्टार्टेजी धेरैलाई जानकारी नै छ, त्यहीअनुसार प्रतिस्पर्धामा जान्छौं । जित्नेमा ढुक्क छौं ।’ नागरिक न्युजसँग उनले भने । सहारा पोखरामा सम्पन्न गोल्डकपमा आर्मीसँग २–० ले सेमिबाट बाहिरिएको थियो । माइभ्याली गोल्डकपको सोमबारको विजेताले आउँदो २० गते रुपन्देही–११ सँग सेमिफाइनल खेल्नेछ । एपिएफले मंगलबार हुने आर्मी र भारत कालिम्पोङको विजेतासँग २१ गते सेमिफाइनल खेल्नेछ ।

आइतबारको क्वार्टरफाइनलमा विभागीय टोली एपिएफले काठमाडौंको सरस्वती क्लबविरुद्ध ४–० गोलको बदला लिएको थियो । खेलको ३३ औं मिनेटमा एपिएफका श्याम नेपालीले गोल गरे। राष्ट्रिय टिमका पूर्वखेलाडी राजेन्द्र रावलले पूर्वार्धको अतिरिक्त दोस्रो मिनेटमा हेडमार्फत आकर्षक गोल गरे। मध्यान्तरअघि २ गोलले पछि परेको सरस्वतीले मध्यान्तरपछि आक्रामक प्रदर्शन गरेपनि गोल गर्न सकेन। राष्ट्रिय टिमका पूर्वस्ट्राइकर तथा एपिएफका कप्तान गणेश लावतीले ८० औं मिनेटमा अर्काे गोल थपे। झन्–झन् आक्रामक बनेको सरस्वतीविरुद्ध अन्तिम मिनेटमा सन्तोष श्रेष्ठले अर्काे गोल थपेपछि एपिएफ सेमिफाइनल प्रवेश ग¥यो।

झापाको सुरुङ्गा कपमा २ महिनाअघि भिड्दा सरस्वतीले एपिएफलाई पाखा लगाएको थियो । एपिएफका प्रशिक्षक जनक सिंहले टिमको योजनाअनुसार खेल भएकाले यो पटक बदला सम्भव भएको बताए। ‘यस्तै खेल भए आर्मीलाई पनि पाखा लगाउन सकिन्छ । तैपनि, हाम्रा केही पक्ष अझै सुधार्न आवश्यक छन्,’ उनले भने। सरस्वतीका टिम म्यानेजर पराजुलीले डिफेन्स कमजोर हुँदा आफ्नो टिमको हार भएको विश्लेषण गरे। उनले खेलमा रणनीति नै फेल भएको भन्दै पहिलो गोल बलरक्षक र बाँकी ३ गोलमा डिफेन्सको कमजोरी देखिएको बताए । सरस्वतीले शुक्रबारको खेलमा भारत असमको ग्लोबल फुटबल क्लबलाई २–१ ले पराजित गरेको थियो।

माइभ्याली गोल्डकपको फाइनल खेल माघ २३ मा हुनेछ । विजेताले साढे ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ पाउने छन् । – See more at: http://nagariknews.com/sports/football/story/53584.html#sthash.XXQwCeVa.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *