मलेसियाले विदेशी कामदारको लेभी ४ गुणासम्म बढायो

Posted On    Author    Category शिक्षा.

मलेसियामा कार्यरत नेपालीलाई थप ठूलो आर्थिक भार थपिने भएको छ । मलेसियन सरकारले विदेशी कामदारसँग उठाउने लेभी रकम ४ गुणासम्म बढाएपछि नेपाली मजदुरलाई पनि आर्थिक बोझ थपिने भएको हो ।
यसअघि विभिन्न क्षेत्रमा काम गर्ने कामदारलाई मलेसियाले छुट्टाछुट्टै लेभी तोकेको थियो । मलेसियाले अब विदेशी कामदारलाई दुई समूहमा विभाजन गरेर मात्रै लेभी उठाउने बताएको छ ।
अब औद्योगिक र कृषि कामदाका रुपमा दुई समूहमा विभाजन गरिनेछ । त्यस अनुसार उद्योग तथा कलकारखाना र व्यवसायिक क्षेत्रमा काम गर्ने कामदारले मलेसियन सरकारलाई २५ सय मलेसियन रिंगेट अर्थात झण्डै ६६ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
यसैगरी कृषि क्षेत्रमा काम गर्ने कामदारको १५ सय रिंगेट अर्थात ४० हजार रुपैयाँ लेभी काटिनेछ । यसअघि मलेसियाले उत्पादन, निर्माण, प्लान्टेशन, कृषि, र सेवा गरी ५ बिधामा कामदारको विभाजन गरेर छुट्टाछुट्टै लेभी रकम निर्धारण गरेको थियो ।
यसअघि १२५० रिंगेट अर्थात तिर्ने झण्डै ३३ हजार रुपैयाँ लेभी तिर्ने निर्माण र उत्पादनमूलक क्षेत्रका कामदारले अब २५ सय रिंगेट अर्थात ६६ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसैगरी सेवा क्षेत्र अन्तरगत रेष्टुरेन्ट कुक, सरसफाई मजदुरले १८५० रिंगेट लेभी तिर्ने गरेकोमा अब २५ सय रिंगेट लेभी तिनुपर्ने व्यवस्था गरिएको छ ।
५ सय ९० रिंगेट तिर्ने प्लान्टेशन क्षेत्रका कामदारले अब १५ सय रिंगेट तिर्नुपर्ने भएको छ । कृषि क्षेत्रका कामदारको लेभीमा ४ गुणाले वृद्धि भएको छ । यसअघि ४ सय १० रिंगेट लेभी तिर्ने कृषि कमादारले अब १५ सय रुपैयाँ तिर्नुपर्नेछ ।
मलेसियाले २ दशमलव ५ अर्ब रकम लेभीबाटै उठाउने गरी नयाँ दर निर्धाारण गरेको हो । मलेसियन उपप्रधानमन्त्री शेरी अहेमद जहिद हमिदीले सोमबारदेखि नै नयाँ व्यवस्था लागू हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *