देशको सीमा मिचियो, कसरी घट्दैछ नेपाली भूमी ?

Posted On    Author    Category राष्ट्रीय समाचार.

भारत नेपालको नजिकको छिमेकी राष्ट्र । नेपालका २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । १८८० किलोमिटर लामो जमीन भारतीय सीमासँग जोडिएको छ । २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ भन्दा बडि भुभाग भारतीय पक्षबाट मिचिएको छ । हामी वीरगंज महानगरपालिका १ छप्कैयामा पूग्दा सीमा स्तम्भ निमार्णका क्रममा आफ्नो नम्बर जग्गा मिचिएका स्थानिएहरु हातमा लालपुर्जा बोकेर… Read more »

बीपी हाइवे किन साँघुरो बन्यो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौंबाट सिन्धुलीतर्फ आवत-जावत गर्ने बीपी राजमार्ग किन एक लेनको मात्रै बनाइयो होला ? निकै आकर्षक र मजबुत तरिकाले निर्माण गरिएको यो मार्ग भएर यात्रा गर्ने धेरैजसोले मन-मनै प्रश्न बुन्छन् । जापानले २० वर्ष लगाएर बनाएको राजमार्ग हो, यो । तर, एकजना सडक पूर्वाधार विज्ञ भने यसलाई ‘राजमार्ग’ भन्नु हास्यास्पद भएको बताउँछन् । ‘एक लेनको सडक… Read more »

सप्तरीमा प्रधानमन्त्री देउवाको अर्को काण्ड

Posted On    Author    Category राष्ट्रीय समाचार.

प्रधानमन्त्री शेरबहादुर देउवा कतिसम्म भुलक्कड छन् र हेलचेक्र्याई गर्छन भन्ने अर्को उदाहरण आज सप्तरीमा देखियो । असावधानीबस नै हुनसक्छ तर उनले जे गरे त्यसले आलोचना र खिसिट्यूरीको जारी क्रमलाई झनै बढाउने निश्चित छ । प्रधानमन्त्रीबाट त्यतिसम्मको कमजोरी हुनु अशोभनीय मात्रै होइन, हाँस्यास्पद पनि हो । Watch Video

छोराछोरीको १० प्रतिशत तलब वृद्ध बुबाआमालाई

Posted On    Author    Category राष्ट्रीय समाचार.

विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो। यो खबर सागर पण्डितले आजको नयाँ पत्रिकामा लेखेका छन्। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको छ। आफ्नै… Read more »

आज स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्ती मनाईंदै

Posted On    Author    Category राष्ट्रीय समाचार.

२००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय… Read more »

पुष्पा बनिन् सिएनएन सुपर हिराे

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं । नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिराेका लागि मनाेनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिराे बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएकाे भाेटिङका अाधारमा सुपर हिराे छनाेट गरिएकाे सिएनएनले जनाएकाे छ। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १०… Read more »

राजधानीको बौद्धमा गोली चल्यो, ५ प्रहरी घाइते

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

काठमाडौं– काठमाडौंको बौद्ध नयाँबस्तीस्थित प्रहरी बिटमा एक समुहले तोडफोड गरेको छ । सो समुहले प्रहरी बिटमा प्रवेश गरी त्यहाँ पार्किङ गरेर राखिएका ४ ओटा मोटरसाइकल जलाइदिएका छन् । यस्तै उनीहरुले बिटभित्र रहेका टिभीका साथै भाँडाकुँडा समेत सडकमा ल्याएर जलाइदिएका छन् । 3०–४० जनाको समुहका उनीहरुले एकाएक बिटभित्र प्रवेश गरि अराजक गतिविधि गर्न थालेपछि प्रहरीले ८… Read more »

पाँच नम्बर प्रदेश टुक्र्याउन कांग्रेस सहमत

Posted On    Author    Category राजनीति, राष्ट्रीय समाचार.

सत्तारुढ नेपाली कांग्रेसले पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा सहमति जनाएको छ। सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउन सहमति जनाएको हो। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला झिकेर ६ र चार नम्बर प्रदेशमा गाभ्ने र बाँकी नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउने विषयमा सहमति भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।