कागजात लुटेर महिलालाई ठग्छन् दलालले

Posted On    Author    Category सामाजिक.

कुवेत जाने, मेहनत गर्ने, टन्न कमाउने र नेपाल फर्किएपछि चिटिक्क परेको घर बनाउने सपना सजाएकी थिइन्, मोरङ सुन्दर–दुलारीकी धर्मकुमारीले। उदयपुर ठोक्सीलाकी हरिमाया र कोसी–हरैंचा नगरपालिकाकी कृष्णकुमारीको सपना पनि उस्तै थियो। मनभरि सपनाको सुन्दर महल बनाउँदै माघको पहिलो साता ३ जना झापाको काँकाडभिट्टा आइपुगे। तर, उनीहरूको सपना काँकडभिट्टा आइनपुग्दै तोडियो।

३ जना इलाका प्रहरी कार्यालय काँकडभिट्टा र माइती नेपालको नजरमा परे। उनीहरूलाई पूर्वी नाकाबाट नियन्त्रणमा लिइयो। प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने कागजात माग्यो। उनीहरूसँग थिएन। र, प्रहरीले ३ जनालाई नै काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखेर अनुसन्धान गरी आफन्तको जिम्मा लगायो। उनीहरूसँग कुनै कागजात नभएको होइन तर भए जति सबै कागजात पहिल्यै दलालले हात पारिसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *