७२ जिल्लामा हाइस्पिड इन्टरनेट

Posted On    Author    Category सामाजिक.

काठमाडौं—सरकारले आगामी आर्थिक वर्षमा ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याइने घोषणा गरेको छ। मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गमा अप्टिकल फाइबर सञ्चालन विस्तार गरी ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याउने घोषण गरिएको हो।

आर्थिक वर्ष २०७३/७४ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी माइक्रोवेभ ट्रान्समिसनबाट सामुदायिक क्याम्पस, सामुदायिक उच्च माध्यमिक र माध्यमिक विद्यालय एवं प्राथमिक स्वान्थ्य केन्द्रहरूमा निःशुल्क इन्टरनेटको सुविधा पुर्‍याउने घोषणा मन्त्री पौडेलले गरे। त्यस्तै अर्थमन्त्री पौडलेले आगामी आर्थिक वर्षबाट फोरजी सेवा पनि सुरुवात गर्ने घोषणा गरेका छन्। ‘काठमाडौं उपत्यका र उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा आरम्भ गरिनेछ,’ अर्थमन्त्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *