१८ हजार एटिएम डाटा लिक भएको अनुमान

Posted On    Author    Category अपराध.

काठमाडौं -केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे यसका लागि लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन होटलको कोठामा बसेर प्राविधिकको कार्य गर्थे।

भिडियोमा घिताले एकपछि अर्को कार्डको सहयोगमा लगातार एटिएम बुथबाट रकम निकालेको देख्न सकिन्छ। उनले लगातार १० पटक गरि एक लाख निकालेका थिए।

१८ हजार एटिएम डाटा लिक भएको अनुमान केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका तीन रोमानियन नागरिक काठमाडौं र पोखराका विभिन्न स्थानका एटिएम बुथबाट करिब १८ भन्दा बढि डाटा बाहिर पठाएको अनुमान गरेको छ।

ब्युरोले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी भै रहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरेको हो। रोमानियनहरुले काठमाडौंमा बसेर एटिएम बुथबाट प्रयोगकर्ताका गोप्य सूचना लिएको र इमेल मार्फत बाहिर पठाएको हुनसक्ने आशंका गरेको हो। नेपालमा हाल ३५ लाखको हाराहारीमा विभिन्न बैंकका एटिएम प्रयोगकर्ता रहेका छन।

ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले पक्राउ परेका ब्यक्ती प्राविधिक रुपमा दक्ष रहेको र सोही अनुसारका उपकरण मार्फत बुथबाट सूचना प्राप्त गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको बताए । उनका अनुसार काठमाडौं बसाईमा बढी मात्रामा प्रयोगमा रहेका बुथमा गोप्य क्यामरा र कार्डमा रहेका सूचना प्राप्त गर्ने उपकरण गिरोहले प्रयोग गरेको थियो।

‘गिरोहले प्राप्त गरेका सूचना आफुसँगै रहेका कार्डमा प्रयोग गरेर रकम झिक्ने बाहेक पाएका सूचना विदेशमा रहेका सदस्यलाई पठाएको हुनसक्ने देखिन्छ,’ सिलवालले भने । उनले सर्वसाधारणले जतिसक्दो चाडो आफ्नो पिन नम्बर बदल्न र बित्तिय संस्था तथा निकायले सोही अनुसार होसियारी अपनाउन आग्रह गरे । ‘ रकम खतरामा रहेको संकेत हो, जतिसक्दो चाँडो नम्बर परिवर्तन गर्न अनुरोध गर्दछौ,’ सिलवालले भने।

ब्युरोका अनुसार पक्राउ परेका घिता हुजुम, लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन बुघिरुलान डेढ महिना देखि ठमेलमा बसेर एटिएमबाट पैसा निकाल्न सक्रिय थिए। अनुसन्धान अधिकारीका अनुसार सुरक्षा गार्ड नरहने बुथमा आफुले तयार गरेका क्यामरा र उपकरण एका बिहानै जडान गर्ने र साँझमा निकालेर प्राप्त सूचना अनुसार नक्कली कार्ड बनाउन गिरोह सक्रिय थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *