हामी नेपाली किसानको मात्र धान किन्छौ, नत्र मिल चलाउँदैनौं- बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेत

Posted On    Author    Category अर्थ, कृषि.

बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतले मोरङको बेलबारीमा ५० करोड लगानीमा धानमिल सुरू गरेका छन्। 

छोरी आरजु बस्नेतको नाममा खोलिएको ‘आरजु राइस मिल’ ले किसानलाई धानको उचित मूल्य दिने उनको दाबी छ।

भारतबाट सस्तोमा चामल आयात हुँदा नेपाली किसान मर्कामा परेको भन्दै सञ्चालक बस्नेतले चामलको आत्मनिर्भरताका लागि समयसापेक्ष प्रविधिको मिल सञ्चालन गरेको बताए।

‘हामी नेपाली किसानको मात्र धान किन्छौ, नत्र मिल चलाउँदैनौं,’ बस्नेतले भने, ‘निर्वाहमुखी कृषिलाई औधोगिकरण गर्न यो हाम्रो २० वर्षको योजना हो।’

बस्नेतले धानखेती सुधारको लागि रोप्ने मेसिन ल्याउने, विकासे धानको बिउ किसानलाई दिने तथा सहकारीबाट कम मूल्यमा कृषि उपज दिने जस्ता काम गरेको बताए। 

safal health home

‘नेपालमा कृषि क्षेत्रको समस्याको चुरो किसानले धानको सही मूल्य नपाउनु रहेछ। यो देखेपछि धानमिल खोल्ने निर्णय गरेँ’, बस्नेतले भने, ‘नेपालको कृषिलाई औधोगिकरण गर्न पनि किसानले धानको उचित मूल्य पाउनुपर्छ।’

नेपालकै सफल उड्डयन व्यवसायी बस्नेतले धान मिलमा धान कुट्ने र बेच्ने मात्र होइन नेपालमै पहिलोपटक कृषकबाट प्रत्यक्ष धान किन्ने र तुरून्त पैसा दिने बताए। किसानबाट किनेको धान तुरून्त सुकाउन स्वचालित यन्त्रहरूबाट सुकाई भण्डार र व्यवस्थापन गर्ने, सफा गर्ने प्रविधि समेत नयाँ मिलमा छ।

आरजु मिलमा अहिले अगनी धान (मंसिर, पुसमा दाउनी हुने धान) १४ हजार टन र चैते वा भदौरे धान ८ हजार टन भण्डारण गर्ने क्षमता रहेको छ। 

अघनी धानको आवश्यकता करिब १४ हजार टन हो जुन करिब थप १५०० बिगाहा हो। मिललाई आवश्यक पर्ने धान उब्जनीका लागि वार्षिक ३५०० बिगाहा पर्न आउँछ। २२ हजार टन धान भनेको १४ हजार टन चामल र २ हजार टन कनिका हो।

यही महिनादेखि उत्पादन सुरु गर्ने तयारी रहेको राइस मिलमा अहिले धान थुप्रिएको छ। यो धानमिल अत्याधुनिक र अटोमेटिक मेसिनबाट सन्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *