सेकेन्ड ह्यान्ड बाइक किन्नुअघि जान्नुस् यी कुरा

Posted On    Author    Category Uncategorized.

 

काठमाडौं । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताहरु बढ्दै गएका छन् । प्रायः जामले भरिने काठमाडौंको अधिकांश सडकमा छोटोबाटोबाट निकास खोज्न पनि मोटरसाइकल उपयुक्त बनिरहेको छ । युवापुस्ताको विशेष रोजाइमा पर्ने मोटरसाइकल र स्कुटर मागसमेत दिनहुँ बढिरहेको छ । यस्तो सेकेन्ड ह्यान्ड बजारको वृद्धि निकै धेरै भइरहेको छ ।

नेपालमा धेरै जाम भइरहने क्षेत्रमा चार पांग्रे सवारीसाधन भन्दा मोटरसाइकल नै बढी उपयोगी बनिरहेको छ । मोटरसाइकल चढ्न चाहाने सबै मानिसको क्षमता नयाँ ब्राण्डेड मोटरसाइकल किन्न सक्ने नुहुन सक्छ । यस्तो अवस्थामा धेरै खर्च गर्नुभन्दा प्रयोग भइसकेको सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नु अझ उपयोगी बन्न सक्छ ।

खर्चको हिसाबले समेत यो अप्सन ठीक हो । तर, सेकेण्ड ह्याण्ड बाइक खरीद गर्नुअघि तपाईंले केही बिषयहरुमा ध्यान दिनुपर्ने हुन्छ । यदि ध्यान नपुर्याई सेकेण्ड ह्याण्ड मोटरसाइकल खरीद गर्नुभयो भने तपाईंका लागि यो घाटाको व्यापार बन्नसक्छ । यही कारण यहाँ तपाईलाई प्रयोग भइसकेका मोटरसाइकल खरीद गर्दा के–के कुरामा ध्यान दिने भन्ने बिषयमा हामी केही टिप्स दिने प्रयास गरेका छौं ।

addd

किन चाहियो मोटरसाइकल ?

खरिदकर्ताले सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्नुको आवश्यकताबारे प्रष्ट हुनुपर्छ । आफ्नो आवस्यकता अनुरुप काम,  कलेज आउजाउ गर्न वा अफिस जान आउन के कामको लागि मोटरसाइकल खरिद गने भन्ने निर्णय लिनुपर्छ ।

कहाँबाट किन्ने ?

सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्दा सकेसम्म नाम चलेका रिकन्डिसन हाउसबाट किन्नुपर्छ । मोटरसाइकलको स्थिति, मेशिन पार्ट पुर्जाको अवस्थाबारे बुझ्नुपर्छ । यसका अलवा कुनै व्यक्ती वा संघ÷संस्थाबाट सेकेन्ड ह्यान्ड मोटरसाइकल खरिद गर्न सकिन्छ । यस्तो, समयमा भने, सकेसम्म आफुले चिनेजानेको वा पायक पर्ने रिकन्डिसन डिलरबाट किन्नु पर्छ ।

के–के कुरामा ध्यान दिने ?

ब्रेक 

मोटरसाइकलको ब्रेकको परिक्षण गर्नुपर्छ । स्मुथ रुपमा ब्रेक लागेको छ छैन, ब्रेकिंगको समय कस्तो छ लगायतका सबै कुराको ध्यान राख्नुपर्छ ।

इन्धन चुहावट

मोटरसाइकलले कति माइलेज दिन्छ भन्ने प्रस्ट हुनुपर्छ । बाइकबाट तेल चुहिएको छ/छैन परिक्षण गर्नुपर्छ । यसका साथै, सम्बन्धीत बिक्रेतासँग मोटरसाइकलको सर्भिस डिटेल्स माग्नुपर्छ ।

क्लच चेसिस, चेन र टायर्सको अवस्था

मोटरसाइकलको चेन, चेसिस र टायरको अवस्थाबारे जानकारी लिनुपर्छ । चेसिसमा स्क्राच छ छैन, टायरमा समस्या छ छैन, लाइटको स्वीच राम्रोसँग चल्छ÷चल्दैन चेकजाँच गर्नुपर्छ ।

पार्टपुर्जाको चेकजाँच

यतिमात्रै नभई, मोटरसाइकलको एक्जस्ट पाइप ,ह्वील, सस्पेन्सन, एडिशनल एशेसोरिज सबै कुराको परिक्षण गर्नुपर्छ ।

कागजात चेक गर्ने

सेकेण्ड ह्याण्ड बाइक खरीद गर्नुअघि त्यसका कागजातमा पनि ध्यान दिनुपर्छ । ब्लु बुकमा उल्लेख भएको चेसिस नम्बर र गाडीको चेसिस नम्बरबीच मेल खान्छ वा खाँदैन भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । बाइकको बीमा तिरेको छ कि छैन, कर तिरेको छ वा छैन, यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । तपाईले लिइरहेको बाइक चोरीको होइन वा कुनै दुर्घटनामा फसेको छ वा छैन भन्ने कुरा सुनिश्चित हुनुपर्छ ।

टेस्ट ड्राइभ गर्ने

बाइक लिनुअघि आफुले एकपटक चलाएर हेर्नुपर्छ । यसबाट तपाईलाई बाइकलाई कुन हालत वा अवस्थामा राखिएको छ भन्ने बिषयको सही जानकारी प्राप्त हुन्छ । यदि तपाई एक्सपर्ट हुनुहुन्न भने दोश्रो व्यक्तिलाई लिएर जानु उपयूक्त हुन्छ, जसले तपाईलाई सही कुरा थाहापाउन सजिलो हुन्छ ।

निश्कर्ष

सबै कुराको चेकजाँच पश्चात् मोटरसाइकलको अवस्था र आफ्नो बजेट अनुरुप उपयुक्त मूल्य तोकि मोटरसाइकल खरिद गर्नुपर्छ ।

Source: https://www.meroauto.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *