सानेपास्थित कवाडी गोदममा आगलागि

Posted On    Author    Category सामाजिक.

टेकुको कालोपुलस्थित बल्खुजाने बाटोमा रहेको सगमाथा इन्जिनियरिङ कलेज अगाडी रहेको भरत अधिकारीको एसआर सप्लायर्स नामको कागजको कार्टुनको कवाड गोदाम बिहान ६ बजे एक्कासी लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागिबाट गोदम पूर्णरुपमा जलेको छ भने गोदाममा पार्किङ गरि राखिएका दुईवटा गाडी पनि जलेका छन् । यस्तै बन्डलि कुनै प्रकारको मानविय क्षति भने भएको छैन ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सुशील यादवका अनुसार आगलागिबाट करिब एक/डेढ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । ‘बा१३च ६५०४ नम्बरको मारुती कार र बा६च १५४४ नम्बरको टाटा मोबाइलमा पनि आगो लागेको छ,’ उनले भने, ‘बन्डलिङ गर्ने मेसिन पनि जलेको छ ।’

महानगरिय प्रहरी प्रभाग सानेपाका प्रहरी निरिक्षक हरी ओलीका अनुसार आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल घटनास्थल पुगेका थिए । ‘कार्टुनको गोदाममा आगो लागेकोले नियन्त्रणमा लिन धेरै समय लाग्यो,’ उनले भने, ‘कुनै मानविय क्षति भने भएन ।’

निरिक्षक ओलीका अनुसार के कारणले आगो लागेको हो भन्ने यकिन भइसकेको छैन । ‘बिहान ४ बजेसम्म कामदारहरुले काम गरेर सुत्न गएको र ६ बजेतिर आगो लागेको देखेको बताएका छन्,’ उनले भने ।

source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *