राजधानीमै युवतीको सामूहिक बलात्कार

Posted On    Author    Category अपराध.

काठमाडौं – अफिसबाट घर फर्कंदै गर्दा ललितपुरमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीया युवतीमाथि बलात्कार भएको हो । सामूहिक बलात्कारपछि ढुंगाले हानेर उनको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

घटना मंसिर २ गतेको हो। साँझ करिब पौन ७ बजेको थियो। युवती कार्यालयबाट घर फर्कंदै थिइन्। बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिँड्दै गर्दा बाटोमा रहेका केही युवाले उनलाई सडकबाट धकेलेर झाँडीमा पुर्‍याए। उनले हारगुहार गरिन्।

कराउन थालेपछि मुख थुनेर बलात्कार प्रयास गरे। त्यसपछि पनि प्रतिकार गर्दा टाउकामा ढुंगाले हानेको उनले बताएकी छिन्। बाँडेगाउँबाट गोदामचौर जाने खोला छेउको सडकखण्डमा घटना भएको हो।

भोलिपल्ट बेहोस अवस्थामा भेटियो

बेलुका घर नआएपछि परिवारले उनको खोजी सुरु गरे। परिवारले फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए। खोज्ने क्रममा भोलिपल्ट बिहान सडकमुनि उनलाई बेहोस अवस्थामा भेटिएको थियो। कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन्। शरीरभरि चोट थिए। युवतिमाथि बलात्कार प्रयास मात्र भएको हो वा बलात्कार नै भएकोबारे थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

 

एक हप्तापछि होस आयो

युवतीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। एक हप्तासम्म उनी बर्बराउन मात्र सकिन्। एक हप्तापछि मात्र उनी बोल्न सक्ने भएको प्रहरीले जनाएको छ। होस आएपछि सडकबाट धकेलेर आफूलाई बलात्कार प्रयास भएको र प्रतिकार गर्ने क्रममा बेहोस हुन पुगेको उनले बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *