म बदलिन्छु, मेरो देश बदलिन्छ भन्ने नाराका साथ अभियान सुरू

Posted On    Author    Category सामाजिक.

सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।

हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले बिहानभर सडक सफा गर्दै हिँड्यो ।क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।

26231334_1041748939309927_6082182380077471899_n

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएकाे हाे । अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *