मानव अंग प्रत्यारोपणबाट निष्कासित नर्सको पुनर्वहाली नभए देशभरका नर्स काम छाडेर आन्दोलनमा उत्रिने

Posted On    Author    Category सामाजिक.

काठमाडौं– भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनासूचना नर्सहरु निकालिएको विषयमा सुनुवाई नभएको भन्दै नेपाल नर्सिङ संघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

संघले बिनासूचना निकालिएकी केन्द्रकी नर्सलाई न्याय दिलाउन अस्पताल र स्वास्थ्य मन्त्रालयलाई पत्राचार र वार्ताको पहल गर्दा सुनुवाई नभएको भन्दै देशभरका नर्स कार्यक्षेत्र छाडेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

सरोकारवालाको बेवास्ताप्रति खेद प्रकट गर्दै संघले निस्काषनमा परेका नर्सलाई अविलम्ब पुनर्वहाली गर्न माग गरेको छ।

‘अन्यथा देशभरका सरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्स कार्यथलो छाडेर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ कार्यवाहक अध्यक्ष गंगा थापा र सचिव लक्ष्मी केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि उत्पन्न हुने जिम्मेवारी उक्त समस्याका सूत्रधार काजमा कार्यरत केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, नर्सिङ प्रमुख इन्दिरा प्रधान र स्वास्थ्य मन्त्रालयले लिनुपर्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *