भक्तपुरमा मामाको छोरालाई खुकुरी हानी हत्या

Posted On    Author    Category अपराध.

भक्तपुरमा एक युवकले मामाको छोरालाई खुकुरी हानी हत्या गरेका छन् । पारस कोइरालाले आइतबार बिहान कौशलटारमा मामाका छोरा सौरव सुवेदीको हत्या गरेका हुन् । हत्यापछि भागेका कोइरालालाई प्रहरीले धादिङको गजुरीबाट पक्राउ गरेको छ ।

कौशलाटारस्थित आफ्नै घरमा बसिरहेका बेला सुवेदीमाथि कोइरालाले खुकुरी हानेका हुन् । अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले बताए । हत्याको कारण खुल्न सकेको छैन । मृतक सुवेदी एसबीआई बैंकको लाजिम्पाट शाखाका कार्यरत थिए ।

सुवेदीको कोठामै बसिरहेका बेला कोइरालाले उनीमाथि निर्मम तरिकाले खुकुरी हानेका हुन् । उनको टाउको, हात लगायत शरिरका विभिन्न अंगमा गम्भीर चोट लागेको थियो । आक्रमणलगत्तै कोइराला भागेका थिए । कोइराला कौशलटारमै बस्दथे । उनको कोठा नजिकै हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले बरामद गरेको छ ।

उनी लागूऔषध दुव्र्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । उनलाई लिन ठिमी वृत्तबाट प्रहरी टोली गजुरी गएको छ । सोधुपुछपछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ । पारस शनिबार बेलुका पनि सुवेदीलाई खोज्दै उनको घरमा गएका थिए ।

Source: Naya Patrica

Leave a Reply

Your email address will not be published. Required fields are marked *