पुस्तकको १० प्रतिशत रकम बालबालिकालाई

Posted On    Author    Category कला.

काठमाडौं: लेखक निगम पौडेलले नयाँ पुस्तक ‘द पावर अफ नलेज’ बजारमा ल्याएका छन् । सानो ‘इन्साइकोपेडिया’ नाम दिएको पुस्तक क्रिकेटर शक्ति गौचनको प्रमुख आतिथ्यतामा असार २५ गते एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
विशेषगरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका पाठ्य सामग्रीका रुपमा यो पुस्तक प्रयोग गर्न सकिने लेखक पौडेलको भनाई छ ।
यो पुस्तक जुनसुकै क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो क्षमता बढाउनका लागि प्रयोग गर्न सक्छन् । त्यस्तै ब्रीज कोर्ष तथा इन्र्टान्सको तयारी गरिरहेका विद्यार्थीका लागि पनि यो पुस्तक उपयोगी रहेको लेखकको भनाई छ ।

पुस्तकबाट आएको १० प्रतिशत बालबालिकालाई
लेखक पौडेलले पुस्तक बिक्रीबाट आएको १० प्रतिशत रकम बालबालिकाको उद्दारका लागि प्रयोग गरिने बताएका छन् । उक्त रकम भत्केपार्टीमा रहेको ‘बेबी लाइभ होम’लाई प्रदान गरिनेछ ।
पुस्तकको मुल्य चार सय ७५ रुपैयाँ रहेको छ ।

source annapurna

Leave a Reply

Your email address will not be published. Required fields are marked *