पाटन अस्पतालले भित्रभित्रै मिलाएको एउटा गोप्य घटनाको खुलासा !

Posted On    Author    Category Uncategorized.

ललितपुरको पाटन अस्पतालभित्रको एउटा संवेदनशील घटना फेला पारेको छ । पाटन अस्पतालभित्र यो घटना शनिबार साँझ घटेको हो । अस्पतालको उच्च स्रोतका अनुसार घटनालाई सहज वातावरणमा ल्याउन दुई घण्टाभन्दा बढी समय लागेको थियो ।

घटनालाई पाटन अस्पतालले भित्रभित्रै सामसुम बनाउने प्रयास गरेको अस्पताल स्रोतको दावी छ । स्रोतले भने, ‘अस्पताल अन्ततः घटनाको विषयमा गम्भीर बनेपछि बल्ल कुरा मिल्यो ।’

पाटन अस्पतालमा उपचारका लागि आएकी युवतीको पीसीआर परिक्षणपछि रिपोर्ट नआउँदासम्म पाटन अस्पतालभित्र यताउता हिडडुल गरिरहे । अनलाइन पत्रिकालाई प्राप्त विवरण अनुसार भक्तपुरबाट उपचारत पाटन आएका एकजना युवतीमा कोरोना संक्रमण पाइयो ।

संक्रमित भएको रिपोर्ट त्यो वार्डमा फैलिएपछि सबै जना आंतकित बने । अस्पतालले ती युवतीलाई कोभिड वार्डमा सुरक्षित बनाउन लगे । यो देख्ने र सुन्ने अस्पतालका बिरामी र कुरुवालगायत त्यस वार्डमा रहेका सबै डराए । उनीहरुले अस्पतालसँग यसबारेमा कुरा राख्न खोजे । अस्पतालका कसैले सुन्ने प्रयास नगरेपछि संक्रमितसँग सम्पर्कमा आएकाहरुले नाराबाजी गरेका थिए ।

PECBAddlongRev00

यो अवस्थालाई सहज बनाउन निकै हम्मेहम्मे भयो । अस्पताल स्रोतले भने, ‘प्रहरीको सहयोग मागियो । प्रशासनसहितको टोली बसेपछि कुरा मिल्यो ।’ संक्रमित युवतीको सम्पर्कमा आएका सबैको कोरोना परिक्षण गरिने सम्झौता भएपछि पाटन अस्पतालमा घटेको एउटा संवेदनशील घटनाको तत्कालको लागि समाधान भयो । उनीहरुको रिपोर्ट कस्तो आउँछ ? यसबारेमा परिक्षणको रिपोर्ट कुर्नेपर्ने हुन्छ ।

source: onlinepatrika.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *