नेपालले आज ओमानसँग प्रतिश्पर्धा गर्दै

Posted On    Author    Category खेल.

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ।पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ।ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो।

प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको ओमान पनि आज जितकै खोजिमा हुनेछ। नेपाल भने रनरेटका आधारमा तेस्रो स्थानमा छ।

शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन्। नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ।

बिहीबार भएको पहिलो खेलमा क्यानडा, युएइ र नेपाल विजयी भएका थिए।  समान एक-एक खेल जितेका यी तीन देशको २/२ अंक छ। तर रनरेटको आधारमा क्यानडा शीर्ष स्थानमा छ, दोस्रोमा युएई तथा तेस्रोमा नेपाल छ।

नेपाल, नामिविया, केन्या, ओमान, युएई र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन्।

विश्वकप छनोटको यात्रा तय गर्नका लागि हरेक खेल जित्नुपर्ने र तालिकाको शीर्ष दुईमा रहनुपर्ने हुन्छ। त्यसका लागि हरेक देशको प्रयास हुनेछ। यस्तोमा हरेक देश हरेक खेल जित्नका लागि खेल्नेछन्।

बराबर अंक भएमा रनरेटको आधारमा शीर्ष टीमको छनोट हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *