नेपालमा रहेका भारतीय नोटमा प्रतिबन्ध

Posted On    Author    Category Uncategorized, अर्थ.

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट नेपालमा प्रतिबन्धित गरेको छ । गएको सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट अवैध घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट राख्न पाउने छैनन् । एक हजार दरका नोट प्रतिबन्धित नै छन् । अब एक सय वा सोभन्दा साना भारतीय नोटबाट मात्रै कारोबार गर्न पाइने छ । नेपालमा रहेका वैध भारतीय रुपैयाँको व्यवस्थापन हुन नसकेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध गर्ने निर्णय लागू गरेपछि नेपालमा रहेका झण्डै ८ करोड बराबरका पुराना भारतीय नोट राष्ट्र बैंकमा थन्किएको छ । भारतले नेपालमा रहेका पुराना नोट साट्न नमानेपछि नेपालले पनि भारतीय नयाँ नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले दुई हजार, पाँच सय र दुई सयका भारतीय नोट राख्न, त्यसबाट सामान खरिद गर्न र नेपालमा ती नोट ल्याउन अब गैरकानुनी भएको बताएका छन् ।

source : news24nepal.tv

 

diamond solitaire

Leave a Reply

Your email address will not be published. Required fields are marked *