जेठ १६ गतेबाट जथाभावी बाटो काट्नेलाई प्रहरीले तीन घण्टा थुन्ने !

Posted On    Author    Category सामाजिक.

ललितपुर, जेठ – तपाई सडकमा जथाभावी बाटो काट्दै त हुनुहुन्न ? यदि त्यसो हो भने तपाईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टासम्म थुन्न सक्छ । ट्राफिक प्रहरीले आगामी जेठ १६ गतेबाट उपत्यकामा जेव्राक्रस र आकाशे पुल भएका स्थानमा ति स्थानको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर कडा कारवाहीको भागिदार बनाउने नीति लिएको हो ।

‘हामी पहिला जनचेतना फैलाउछौ, त्यसमा कसैले वेवास्ता गरे कारवाही गर्न बाध्य हुनेछौ’ ट्राफिक प्रहरी माहाशाखाका प्रमुख डिआइजी मिङमार लामाले भने । उनकाका अनुसार उपत्यकामा ४० प्रतिशत दुर्घटना जथाभावी बाटो काट्दा भएको पाएकाले यो अभियान चलाउन थालिएको हो ।
उनका अनुसार जेठ १५ गतेसम्म तीनवटै जिल्लामा प्रचार प्रचार गरिनेछ र १६ गतेबाट हतार वा अन्य कुनै पनि बहानामा जथाभावी सडक काट्ने व्यक्ति कारवाहीको भागिदार बन्नुपर्नेछ । त्यसका लागि ट्राफिक प्रहरीले अहिले उपत्यकाका तीनवटै जिल्लामा जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।
ललितपुर ट्राफिक कार्यलयका प्रमुख सिताराम हाछेथुका अनुसार ललितपुरमा मात्रै दुई लाख प्रचा, पम्प्लेट छापेर वितरण गरिएको छ भने दैनिक एकसय २० जनालाई जनचेतनाका लागि सडक चोक तथा सार्वजनिक स्थानमा जेव्रा क्रस र आकाशे पुलबाटमात्र बाटो काट्नुपर्छ भन्ने सर्वसाधारणलाई जानकारी दिन खटाएको छ ।
हाछेथुका अनुसार जेव्रा क्रस र आकाशे पुलको प्रयोग नगरी अन्यत्रबाट बाटो काट्नेलाई तत्कालै नियन्त्रणमा लिने र तीन घण्टासम्म बन्द कोठामा प्रशिक्षण दिएरमात्रै छाड्न महाशाखाको निर्देशन छ ।

source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *