चापागाउँ प्रहरीद्धारा लाखौं नगदसहित १८ जुवाडेलाई पक्राउ

Posted On    Author    Category अपराध.

ललितपुर । नेपालमा संचालित क्यासिनोहरुमा नेपाली प्रवेशमा कडाई गरेपछि जुवामा लत परेकाहरुले मिनी क्यासिनोको रुपमै राजधानीका विभिन्न ठाउँमा घुम्तीरुपमा क्यासिनोकै शैलीमा जुवा अखडाहरु संचालन गर्दै आइरहेका छन् ।

यसरी संचालित जुवा अखडा संचालकले नजिकको प्रहरी कार्यालयसँग सहकार्य गर्दै संचालन गर्दै आइरहेको विभिन्न जुवाडेहरुले बताउँदै आइरहेका छन् । यसरी संचालन गर्दै आइरहेको जुवाडेहरुलाई रंगेहात जेठ ३१ गते दिउँसो ललितपुरको चापागाउँ प्रहरी बृत्तले जुवा खेल्दाखेल्दैको अवस्थामा दुई महिलासहित १६ जना पुरुषलाई ७ लाख १६ हजार ८ सय ७६ नगदसहित चापागाउँ प्रहरी बत्तका डीएसपी श्यामकुमार राई नेतृत्व गएको टोलीले रंगेहात पक्राउ गरेको चापागाउँ प्रहरीले बताएको छ ।

यसरी घुम्ती जुवा खेलाउँदै आएकी बज्रबाराही नगरपालिका वडा नं. ४ ललितपुर घर बताउने बिमला मालीलाई बज्राबाराही नपा ४ स्थित पाक्वेबाट टहरामा जुवा खेल्दाखेल्दैको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ७ बस्ने विजय लामा, दोलखा फास्कु ९ का बाबुराम तामाड., बज्राबाराही नगरपालिका ८ ललितपुपरका कान्छा देसार, काठमाडौं महानगरपालिका १५ का हरि थापा, काठमाडौं लप्सीफेदी ४ का राजु भुलन, लपु उपमहानगरपालिका २९ का माइला महर्जन, लपु बज्रबाराही नगरपालिका ५ का महेन्द्र महर्जन, उदयपुर त्रियुगा नपा २ का डेविट राई, कामनपा १६ का धितुन श्रेष्ठ, लपुजी उपमहानगरपालिका १९ का राजेन्द्र शाक्य, गोर्खा आँप पिपल ७ की सम्झना कार्की, लपु बज्रबाराही नपा ११ का दिनेश पुडासैनी, कामनपा ९ का पदम अधिकारी, भक्तपुर नपा ३ का शंकर प्रजापति, कामनपा १३ का कुलबहादुर तामाड., लपु बज्रबाराही नपा ७ का गोपाल महर्जन, लपु महालक्ष्मी नगरपालिका १३ आनन्द श्रेष्ठलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट कौडा १६ थान, पासा तीन थान, काठको गोटी १६ थान, १० बुक ताससहित नगद बरामद गरेको चापागाउँ प्रहरीले बताएको छ ।
स्मरणीय छ, सो क्षेत्रमा यसरी घुम्ती जुवा अखडा विगतदेखि नै प्रहरीको सेटिड.मै संचालन हुँदै आइरहेको स्थानीयको गुनासो भए पनि डीएसपी राई चापागाउँ प्रहरी बृत्तमा आएपछि जुवाडेहरुको दोहोलो काढ्ने अभियानमै जुटिरहेको अवस्थामा डीएसपी राईको नेतृत्वमा गएको प्रहरी टोलीले यस्ता जुवाडेहरुलाई पक्राउ गर्नसक्नुलाई उपलब्धिकै रुपमा हेरेको एक स्थानीयले खोजतलासलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *