चापागाँउ सडक मर्मत नभएको भन्दै फेरि आन्दोलन हुने

Posted On    Author    Category Uncategorized.

४ कार्तिक ०७६, चापागाँउ । सातदोवाटो चापागाँउ सडक मर्मत नभएको भन्दै फेरि आन्दोलन हुने भएको छ । गत बैशाखमा सडक मर्मतको माग राखेर आन्दोलित स्थानीयबासीको माग समय सिमा सकिएपछि पनि पुरा नभएको भन्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आन्दोलनपछि सहमतीपत्रमा हस्ताक्षर गर्ने स्थानीयबासी खोम दाहालले यही कार्तिक १५ गतेबाट पुन सडक मर्मतको माग राखेर आन्दोलन गर्ने घोषणा भएको जानकारी दिए । उनले भने, ‘सडक कालोपत्रे गर्ने समय सिमा पुरा हुँदा समेत काम शुरु नभएपछि आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।’
ललितपुर १ बाट प्रदेश सासंद निर्वाचित चेतनाथ सञ्जेलले सडक मर्मत शुरु भएपछि आन्दोलन घोषणा हुनुको अर्थ नरहेको बताएका छन् । उनले भने,‘दशैअघि सडक मर्मतको काम शुरु भएको छ । दशैं तिहारलगायत चाडका कारण काममा बाधा आएको हो ।’ सासंद सञ्जेलका अनुसार ग्राइभेललगायत निर्माण सामाग्रीको ल्याव परिक्षण भइरहेको जानकारी दिए । उनले भने, ‘अव काम शुरु हुन्छ ।’
ShopIn Holidays Pvt. Ltd.

सञ्जेलले सडक विभाग, मन्त्रालयलगायत सरकारी अड्डा धेरैपल्ट धाएर सडक कालोपत्रेको चरणमा आइपुगेको बताए । सासंद सञ्जेलले सातदोवाटो चापागाँउ सडक कालोपत्रे गर्न र याहाँको समस्या समाधान गर्न सधै आफू तल्लिन रहेको बताउछन् ।
दशैंअघि चापागाँउ सडक कालोपत्रेका लागि सडक तयार पार्ने भन्दै डोजर आएको थियो । केही दिन काम पनि भयो । तर बीचमा दशैं परेकाले सडकको काम भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *