चापागाँउ जहाँ बनाइन्छ मान्छे नबस्ने झुपडी

Posted On    Author    Category कृषि.

लह लह गहुँ झुल्ने चापागाँउ शेरा फाँटभरी आजकल पराले झुपडी देखिन्छन् । यी झपडी भुकम्पपिडितले बनाएका होइनन् । न त सुकुम्बासीले नै यी झुपडी बनाएका हुन् । यी झुपडी हुन्- व्यावसायिक च्याउ खेती गर्ने किसानले बनाएका । चिसो मौसममा हुने च्याउ हिउदभर फाँटमा फल्छ भने वर्षामा दक्षिण ललितपुरका दलचोकी,फुल्चोकी, तिनपाने,नल्लु भारदेउको खोल्सातिर । गर्मी याममा फलेको च्याउको मूल्य राम्रो पाइन्छ । तर अग्ला पहाडतिर खेती गर्न जानु पर्छ । खोल्सातिर बास बस्नु पर्छ । दुःख ज्यादा छ ।

27066996_1589431857814678_772814096984650340_n

च्याउ फल्नु मात्र पर्छ व्यापारी गाडी लिएर फाँटैमा आउँछन् । च्याउ खेतीमा व्यापारीले लगानी समेत गरिदिन्छन् । हिउँद सिजनमा च्याउ फलाउने किसानको आन्दानी नराम्रो छैन । त्यसैले त उनीहरु ४० रुपैयाँ किलोको पराल किन्छन् अनि रोपनीको २० हजार खेतको भाडा तिर्छन् । शेरा फाँटमा च्याउ खेती गर्ने किसानबाट खेत धनीले ७ हजारको गहु फल्ने खेतको भाडा २०/२५ हजारसम्म भाडा पाउछन् । २०३७ सालबाट च्याउको व्यावसायिक खेती शुरु भएदेखि निरन्तर बजार विस्तार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *