गोली प्रहारबाट महतो घाइते

Posted On    Author    Category राष्ट्रीय समाचार.

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमलापुल नजिक मोटरसाइलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को मोटरसाइलमा सवार एक जनालाई अन्धाधुन्ध गोली प्रहार गरेका छन्।
nepalipatro-nagarik
गोली प्रहारबाट सिराहा बन्दीपुर–३ का रामसुहाग महतो घाइते भएका छन्। महतोको पेटमा दुई गोली र हातमा एक गोली लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

बन्दीपुर प्रहरीका अनुसार महतोमाथि गोली प्रहार गर्ने व्यक्तिले नै शनिबार विहान धनुषाको गोदारमा पनि एकजनालाई गोली प्रहार गरेको बताइएको छ। तर गोली प्रहार गर्ने तीनै व्यक्ति भए नभएको विषयमा भने यकिन हुन बाँकी रहेको छ।

गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकपोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा पारिएको लाहानका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिए।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *